राजापुरमा खाना पकाउने ग्यास अभाव, सर्वसाधारण मारमा

बर्दिया, राजापुर । बर्दियाको राजापुर नगरपालिकामा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि सर्वसाधारणलाई दैनिक घरायसी कामकाज सञ्चालन गर्न कठिनाइ भएको छ।
राजापुर, गेरुवा लगायतका स्थानीय बजारमा रहेका मनकामना ग्यास, भेरी ग्यास र नेपाल ग्यासका डिलरहरूमा पर्याप्त ग्यास उपलब्ध नभएपछि उपभोक्ताले खाली सिलिन्डर बोकेर पटक–पटक डिलर धाउनुपर्ने अवस्था सिर्जना भएको छ।
स्थानीयवासीका अनुसार नेपालगञ्जबाट सीमित परिमाणमा मात्रै ग्यास आपूर्ति हुने भएकाले मागअनुसार वितरण हुन सकेको छैन। ग्यास आउने जानकारी पाएलगत्तै पहिलेदेखि खाली सिलिन्डर जम्मा गरेका व्यक्ति तथा केही होटल व्यवसायीले धेरै परिमाणमा ग्यास लैजाने गरेका कारण सामान्य उपभोक्ता ग्यासबाट वञ्चित हुने गरेका छन्।
ग्यास अभावका कारण दैनिक खाना पकाउन समस्या भएको भन्दै स्थानीयले नियमित र पर्याप्त आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उपभोक्ताले वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन तथा कृत्रिम अभाव हुन नदिन सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
यता, ग्यास डिलरहरूले भने नेपालगञ्जबाट नै सीमित परिमाणमा ग्यास प्राप्त भएकाले मागअनुसार सबै उपभोक्तालाई उपलब्ध गराउन कठिनाइ भइरहेको बताएका छन्।राजापुरमा आएका ग्यास सिलिन्डरहरू भेरी ग्यासडिलर का प्रोप्राइटर अभिषेक मित्तलले पारदर्शी ढंगले बिल काटी खाली सिलिन्डर जम्मा गरी लाइनबद्ध तरिकाले वितरण गरिरहेको देखिन्छ ।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

राजापुरमा खाना पकाउने ग्यास अभाव, सर्वसाधारण मारमा

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

राजापुरमा खाना पकाउने ग्यास अभाव, सर्वसाधारण मारमा

२९ वर्षे सेवा पूरा गरी महिला स्वास्थ्य स्वयंसेविका लामंगरी थारुको सम्मानपूर्वक विदाइ

राजापुरमा खाना पकाउने ग्यास अभाव, सर्वसाधारण मारमा

लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै रास्वपा राजापुर नगर समिति

राजापुरमा खाना पकाउने ग्यास अभाव, सर्वसाधारण मारमा

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

राजापुरमा खाना पकाउने ग्यास अभाव, सर्वसाधारण मारमा

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

राजापुरमा खाना पकाउने ग्यास अभाव, सर्वसाधारण मारमा

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.