महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

बर्दिया, राजापुर। बर्दिया जिल्लाको राजापुर नगरपालिकाका १० वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहतका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा १४ हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल राजापुरका अध्यक्ष मिना गुरुङका अनुसार स्वयंसेविकाहरूले आफ्नो सक्दो योगदान संकलन गरी विपद्को दुःखद घडीमा सरकारसँग सहकार्य गर्ने उद्देश्यले उक्त रकम नेपाल बैंक लिमिटेडमार्फत कोषमा जम्मा गरेका हुन्।
सञ्जालका सचिव पद्मा चौलागाईंले सहयोग रकम नेपाल बैंक लिमिटेडमार्फत दाखिला गरिएको भौचरसमेत सार्वजनिक गर्दै मानवीय संकटका बेला सबैको सानो सहयोग पनि महत्त्वपूर्ण हुने बताउनुभयो।
त्यस्तै, सञ्जालकी कोषाध्यक्ष पार्वती चलाउनेले विपद्का बेला “थोपाथोपा मिलेर समुद्र बन्छ” भन्ने भावनाका साथ सबैले आफ्नो क्षमताअनुसार सहयोग गरे पीडितलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सञ्जालले देशमा विपद् आइपरेका बेला सबै नगरवासीलाई पनि आ-आफ्नो क्षमता अनुसार सहयोग गर्न अपिल गरेको छ।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

२९ वर्षे सेवा पूरा गरी महिला स्वास्थ्य स्वयंसेविका लामंगरी थारुको सम्मानपूर्वक विदाइ

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै रास्वपा राजापुर नगर समिति

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.