सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

राजापुर, बर्दिया, साउन २०। बर्दियाको राजापुर नगरपालिका–९ मानपुर टपरास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्टमा आज सीमा सहजीकरण बैठक सम्पन्न भएको छ। राजापुर नगरपालिका–९ का वडाध्यक्ष विष्णु प्रसाद थारुको संयोजकत्वमा सम्पन्न बैठकले सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण, लागूऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण, जंगली जनावरको आतंक न्यूनीकरण तथा दैवी प्रकोप एवं विपद् व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्दै सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। बैठकमा सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले नियमित सीमा निगरानी, गस्ती तथा भन्सारमार्फत ओसारपसार हुने सामानको अभिलेख व्यवस्थित रूपमा राख्ने जानकारी दिइएको थियो। जंगली जनावरबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग समन्वय गरी आवश्यक बजेट व्यवस्थापन गर्दै सीमा क्षेत्रमा विद्युतीय (इलेक्ट्रोनिक) तारबार निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। यसबाट वन्यजन्तुको प्रवेश नियन्त्रण भई स्थानीय बासिन्दाको सुरक्षा मजबुत हुने विश्वास व्यक्त गरिएको थियो। बैठकमा स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूबीच आवश्यक समन्वय र सहकार्य गर्दै सीमा क्षेत्रका समस्या समाधानमा साझा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। बैठकमा सशस्त्र प्रहरी निरीक्षक ललित शाही, बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेक्मी, पत्रकार मिन प्रसाद अधिकारी, बरघर, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

२९ वर्षे सेवा पूरा गरी महिला स्वास्थ्य स्वयंसेविका लामंगरी थारुको सम्मानपूर्वक विदाइ

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै रास्वपा राजापुर नगर समिति

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

राजापुरमा खाना पकाउने ग्यास अभाव, सर्वसाधारण मारमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.