परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

राजापुर, बर्दिया, साउन २०। परिश्रम परियोजनाअन्तर्गत कमैया महिला जागरण समाज नेपाल (केएमजेएस नेपाल) र एक्शनएड नेपालको सहयोगमा मुक्त कमैया तथा अनौपचारिक क्षेत्रका श्रमिक परिवारका बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
राजापुर नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा राजापुर नगरपालिकाकी नगरप्रमुख मनकला कुमारी चौधरीको सभाध्यक्षता रहेको थियो। कार्यक्रममा राजापुर नगरपालिकाका शिक्षा निर्देशक टिकानाथ गोसाई, शिक्षक, विद्यार्थी, अभिभावक, कमैया महिला जागरण समाज नेपालका सामाजिक परिचालक सरस्वती चौधरी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत राजापुर नगरपालिकाका २१ जना र गेरुवा गाउँपालिकाका ६ जना गरी २७ जना विद्यार्थीलाई विद्यालय झोला, ज्यामिति बक्स, डटपेन, कपी, विद्यालय पोशाकका लागि सर्ट तथा पाइन्ट कपडा, जुत्ता र मोजा वितरण गरिएको हो।
कार्यक्रममा सार्वजनिक गरिएको पारदर्शिता तथा जवाफदेहिता बोर्डअनुसार वितरण गरिएका सामग्रीको कुल लागत भ्याटसहित ७४ हजार १ सय ८ रुपैयाँ रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले मुक्त कमैया तथा श्रमिक परिवारका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। शिक्षा निर्देशक टिकानाथ गोसाईले विपन्न समुदायका बालबालिकालाई विद्यालयमा टिकाइराख्न स्थानीय सरकार, विकास साझेदार संस्था र समुदायबीचको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
आयोजकका अनुसार परिश्रम परियोजनाले शिक्षाको अवसरबाट वञ्चित हुनसक्ने बालबालिकालाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई विद्यालय शिक्षामा निरन्तरता दिन सहयोग पुर्‍याउने लक्ष्य लिएको छ। कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२९ वर्षे सेवा पूरा गरी महिला स्वास्थ्य स्वयंसेविका लामंगरी थारुको सम्मानपूर्वक विदाइ

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै रास्वपा राजापुर नगर समिति

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

राजापुरमा खाना पकाउने ग्यास अभाव, सर्वसाधारण मारमा

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.