बर्दियाको भौरा क्षेत्रका गाउँगाउँबाट राहत संकलन गरिदैँ

बर्दियाको भौरा क्षेत्रका गाउँगाउँबाट राहत संकलन गरिदैँ छ । राजापुर नगरपालिकामा भएको सर्वदलीय बैठकको निर्णयका आधारमा १० वटै वडाका स्थानीयबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घरबार विहिन भएकालाई दिने उद्देश्यले राहत सामग्री र नगद सहयोग गरिएको हो । राजापुर नगरपालिका वडा नं. २ को कार्यालयको अगुवाइमा रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री र नगद सहयोग संकलन गरिएको गरेको बताउनु भयो । वडा अध्यक्ष रामचन्द्र चौधरीको संयोजकत्वमा वडाका विभिन्न गाउँबाट संकलित ३४ कुन्टल ५३ किलो चामल, गहुँ ३ कुन्टल ४७.५ केजी, ३२ लिटर तेल, २५ किलो नुन संकलन गरेर नगरपालिकामा बुझाईएको बताउनु भयो । वडा नं. ३ मुरैयाका वडघर धनीराम थारुले वडा कार्यालयबाट आएको पत्र अनुसार गाउँ भेला र छलफल गरी राहत सामग्री र नगद सहयोग संकलन गरिएको गरेको बताउनु भयो । गाउँको करिब २ सय घर परिवार बाट १० कुन्टल चामल र २६ हजार ३ सय ५० संकलन गरिएको बताउनु भयो । बडघरको घरमा संकलन गरिएको राहत सामग्री लिएर आएका स्थानीय गाउँबासीले आफूहरुले दिएको सहयोग र पैसा बास्तविक पीडितले पाउनु पर्ने बताएका थिए । पूर्व शिक्षक तथा समाजसेवी माधव प्रसाद रिमालले गाउँलले पवित्र भावनाले दिएको राहत र नगद जस्ताको त्यस्तै पुग्नु पर्ने र त्यसमा स्थानीय सरकार पालिका निकै चनाखो हुनु पर्ने बताउनु भएको थियो । वडा नं. ३ का वडाध्यक्ष प्रसादु थारुले हरेक वडाका गाउँगाउँबाट संकलन गरिएको राहत सामग्री र नगद नगरपालिकामा जम्मा गरेर वास्तविक पीडितको हातमा पु¥याउन सबै वडाध्यक्ष, नगर प्रमुख, नगर उपप्रमुख सहित जनप्रतिनिधिले समन्वय र खबरदारी गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

बर्दियाको भौरा क्षेत्रका गाउँगाउँबाट राहत संकलन गरिदैँ

बर्दियाको राजापुर नगरपालिका वडा नं. ३ मा सार्वजनिक सुनुवाई गरिएको छ

बर्दियाको भौरा क्षेत्रका गाउँगाउँबाट राहत संकलन गरिदैँ

बर्दियाको भौरा क्षेत्रका गाउँगाउँबाट राहत संकलन गरिदैँ

बर्दियाको भौरा क्षेत्रका गाउँगाउँबाट राहत संकलन गरिदैँ

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

बर्दियाको भौरा क्षेत्रका गाउँगाउँबाट राहत संकलन गरिदैँ

२९ वर्षे सेवा पूरा गरी महिला स्वास्थ्य स्वयंसेविका लामंगरी थारुको सम्मानपूर्वक विदाइ

बर्दियाको भौरा क्षेत्रका गाउँगाउँबाट राहत संकलन गरिदैँ

लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै रास्वपा राजापुर नगर समिति

बर्दियाको भौरा क्षेत्रका गाउँगाउँबाट राहत संकलन गरिदैँ

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.