सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

राजापुर, बर्दिया। बर्दिया जिल्लाको राजापुर नगरपालिका–५ निवासी सन्जीता रिजाल Banke UNESCO Club को ३७औँ वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा ‘Best Staff of the Year – 2026’ सम्मानबाट दोस्रोपटक सम्मानित हुनुभएको छ।
वुवा पोषणराज रिजाल र आमा शोभा रिजालको कोखबाट जन्मिनुभएकी सन्जीता रिजाल सानैदेखि सामाजिक सेवाप्रति रुचि राख्दै आउनुभएको हो। उहाँले लामो समयदेखि बाँके युनेस्को क्लबमार्फत सामाजिक क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। सामाजिक सेवाप्रतिको समर्पण, उत्कृष्ट कार्यसम्पादन र संस्थाप्रतिको योगदानको कदरस्वरूप उहाँलाई दोस्रोपटक उक्त सम्मान प्रदान गरिएको हो।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै रिजालले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्ने अवसर पाएको र दोस्रोपटक पनि सम्मानित हुन पाउँदा अत्यन्तै खुसी तथा गौरवान्वित महसुस भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “यस अमूल्य सम्मान र मप्रति गरिएको विश्वासका लागि Banke UNESCO Club परिवार, नेतृत्व वर्ग, व्यवस्थापन टोली तथा सम्पूर्ण आदरणीय सहकर्मीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो उपलब्धि हामी सबैको साझा मिहिनेत, सहकार्य र समर्पणको प्रतिफल हो। यस सम्मानले मलाई अझ बढी जिम्मेवार, समर्पित र परिणाममुखी भएर संस्थाको लक्ष्य, उद्देश्य तथा सेवामा निरन्तर योगदान गर्न थप प्रेरणा दिएको छ।”
सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सन्जीता रिजालको यो उपलब्धिलाई राजापुरसहित बर्दिया जिल्लाकै लागि गर्वको विषयका रूपमा हेरिएको छ।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

महिला स्वास्थ्य स्वयंसेविकाहरूले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितलाइ गरे सहयाेग

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

२९ वर्षे सेवा पूरा गरी महिला स्वास्थ्य स्वयंसेविका लामंगरी थारुको सम्मानपूर्वक विदाइ

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

लागूऔषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै रास्वपा राजापुर नगर समिति

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

परिश्रम परियोजनाअन्तर्गत २७ विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

सीमा सुरक्षा, चोरी–तस्करी नियन्त्रण र जंगली जनावरको आतंक न्यूनीकरणबारे सीमा सहजीकरण बैठक सम्पन्न

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

सन्जीता रिजाल दोस्रोपटक ‘बेस्ट स्टाफ अफ द इयर–२०२६’ बाट सम्मानित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.