भौरा क्षेत्रमा धान खरिदबारे कपोकल्पित समाचारप्रति खाद्य कम्पनीको खेद, स्थलगत तथ्य बुझ्न प्रमुख पाण्डेको आग्रह ।

बर्दियाको भौरा क्षेत्रमा धान खरिदका नाममा रकम लिएको भनी प्रकाशित समाचार कपोकल्पित भएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खेद प्रकट गरेको छ। कान्तिपुर दैनिकले बर्दियाको गेरुवा क्षेत्रमा किसानलाई धान खरिदका क्रममा वितरण गरिने टोकनको २५ रुपैयाँ लिएको आरोपसहित खबर प्रकाशित गरेपछि कम्पनीले आपत्ति जनाएको हो।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीका अनुसार शान्तिबजार क्षेत्रमा स्थायी गोदाम नहुँदा किसानसँगको सहमतिमा विद्यालयको हल प्रयोग गरिएको हो। तौल गरिएका धानहरू अस्थायी गोदाममा लैजान तथा लोड–अनलोड गर्न लाग्ने मजदुरी खर्च किसानले स्वयं वहन गर्ने सहमति भएको र सोही विषयलाई गलत ढङ्गबाट प्रस्तुत गरिएको उनले बताए।

“बजारमा न्यून मूल्यका कारण मारमा परिरहेका किसानलाई सहयोग गर्न २ वटा ट्र्याक्टरमार्फत निःशुल्क ढुवानी सुविधा पनि उपलब्ध गराएका थियौँ,” अध्यक्ष केसीले बताए। वास्तविकता नबुझी जथाभावी समाचार लेख्दा ४–५ दिन रातदिन पालो कुर्ने किसान नै समस्यामा पर्ने भन्दै उनले तथ्य पुष्टि गरी मात्र समाचार प्रकाशन गर्न आग्रह गरे।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका राजापुर मुख्य शाखा प्रमुख कमलराज पाण्डेले पनि गेरुवा क्षेत्रका किसान र स्थानीय वडाप्रतिनिधिबीच गोदामको अभावका कारण छुट्टै स्थानमा गोदाम सञ्चालन गर्दा लाग्ने मजदुरी किसानले दिने सहमति भएको स्पष्ट पारे। उनका अनुसार धान तौल र चौकाईका मजदुरी खर्च देशभर कम्पनीले नै व्यहोर्ने प्रावधान छ, तर गेरुवामा विशेष परिस्थितिले फरक मोडेल अपनाइएको हो।

“विषयवस्तु नबुझी भ्रामक समाचार लेखिँदा किसानको पक्षमा निरन्तर खटिने कर्मचारीको मनोबल गिराएको छ,” पाण्डेले भने। आफूले सधैं किसानहितमै कार्य गर्न कर्मचारीलाई उत्प्रेरित गर्दै आएको बताउँदै उनले कुनै पनि समाचार दीर्घकालीन असर पार्न सक्ने भएकाले प्रकाशनपूर्व स्थलगत परिस्थिति बुझ्न तथा पालिका र कार्यालयसँग सम्पर्क राख्न आग्रह गरे।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

भौरा क्षेत्रमा धान खरिदबारे कपोकल्पित समाचारप्रति खाद्य कम्पनीको खेद, स्थलगत तथ्य बुझ्न प्रमुख पाण्डेको आग्रह ।

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

भौरा क्षेत्रमा धान खरिदबारे कपोकल्पित समाचारप्रति खाद्य कम्पनीको खेद, स्थलगत तथ्य बुझ्न प्रमुख पाण्डेको आग्रह ।

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

भौरा क्षेत्रमा धान खरिदबारे कपोकल्पित समाचारप्रति खाद्य कम्पनीको खेद, स्थलगत तथ्य बुझ्न प्रमुख पाण्डेको आग्रह ।

राजापुरमा विपद् जोखिम न्यूनीकरणका पूर्वतयारी योजनाको अनुगमन सम्पन्न ।

भौरा क्षेत्रमा धान खरिदबारे कपोकल्पित समाचारप्रति खाद्य कम्पनीको खेद, स्थलगत तथ्य बुझ्न प्रमुख पाण्डेको आग्रह ।

राजापुरमा गतिशिल लोकतान्त्रिक पार्टीको किसान केन्द्रित भेला

भौरा क्षेत्रमा धान खरिदबारे कपोकल्पित समाचारप्रति खाद्य कम्पनीको खेद, स्थलगत तथ्य बुझ्न प्रमुख पाण्डेको आग्रह ।

बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

भौरा क्षेत्रमा धान खरिदबारे कपोकल्पित समाचारप्रति खाद्य कम्पनीको खेद, स्थलगत तथ्य बुझ्न प्रमुख पाण्डेको आग्रह ।

नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस, मन्त्री गोपाल दहित भने सूचीमा परेनन्

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.