आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस, बर्दिया क्षेत्र नम्बर २ ले आफ्ना उम्मेदवारहरूको प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका नामावली जिल्ला पार्टीमा सिफारिस गरेको छ । पाटिका सह माहाँमन्त्री किशोरसिंह राठौर सबैभन्दा पहिले सिफारिस हुनु भएको छ । राठौरसँगै देउवा पत्नी आरजु राणा देउवा जिल्ला सभापति अरुण प्रकाश सिंह राठोर, मिनराज चौधरी, जग्गाप्रसाद पाण्डे परशु राम चौधरी, मकर बहादुर सिजापति, रामचन्द्र थापा, विद्याप्रसाद खनाल, दिपक भण्डारी प्रत्यक्ष तर्फको खुला उम्मेदवार सिफारिस हुँदा पुर्व मन्त्री तथा केन्द्रीय सदस्य गोपाल दहितको नाम भने सिफारिस भएको छैन् । समानुपातिकक तर्फ देवमान चौधरी, चन्द्रध्वज जिसी, तारा चौधरी, प्रतितमा चौधरी,ि दुर्गा सापकोटा, तारा शुक्ला, तेजकुमारी थापा क्षेत्री (खाँ), मनिष गुरुग, सावित्रा ढुंगाना, प्रेम बहादुर सुनार, भारती भारती कामी रहेका छन् भने राष्टिय सभा सदस्यका लागि मालती शाह र बद्री सिग्देलको नाम सिफारिस भएको क्षेत्रीय सभापति दिपक जंग शाहले जानकारी दिनु भयो ।सिफारिस सूचीमा पार्टीभित्र सक्रिय अन्य नेताहरूलाई प्राथमिकता दिइएको छ। स्थानीय नेतृत्वले क्षेत्रीय सन्तुलन, संगठनगत गतिविधि तथा पछिल्लो राजनीतिक परिवेशलाई आधार मानेर नाम सिफारिस गरेको बताइन्छ।
मन्त्री दहितको नाम सूचीमा नपरेको विषयले स्थानीय कांग्रेस भित्र विभिन्न मत–मतान्तर पनि देखा परेको छ। मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य हुँदा पनि आफ्नो स्थानीय क्षेत्रमा सिफारिस नपाउनु कांग्रेस भित्रको आन्तरिक प्रतिस्पर्धाको संकेतका रूपमा हेरिएको छ।