बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

बर्दिया जिल्लाको राजापुर नगरपालिका–५ भौरामा रहेका असहाय तथा टुहुरा बालबालिकालाई सहयोग प्रदान गरिएको छ। राजापुर क्षेत्रका समाजसेवी, बुद्धिजीवी, बर्दिया उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका सक्रिय नेता केदार थापाज्यूले बालबालिकाहरूलाई करिब ३० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ता–कपडा सहयोग सामग्री आज हस्तान्तरण गर्नुभएको हो।
आमाबुबा गुमाएर कठिन जीवनयापन गरिरहेका बालबालिकाहरूको अवस्था बुझ्दै चिसो मौसममा उनीहरू अत्यन्तै दयनीय अवस्थामा रहेको देखेपछि समाजसेवी मनका धनी थापाज्यूले सहयोग गर्ने निर्णय गर्नुभएको बताइएको छ। सहयोगमा चामल, दाल, तेल, नुन, तरकारी, खुर्सानी, जाडोमा ओढ्ने बल्यान्केट तथा लत्ता–कपडा जस्ता अत्यावश्यक सामग्रीहरू रहेका छन्।
लामो समयदेखि दुःखी, गरिब तथा असहाय वर्गको सेवामा सक्रिय रहँदै आउनुभएका केदार थापाले राजापुर क्षेत्रका विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आउनुभएको छ। उहाँको यस मानवीय कार्यको राजापुरवासीहरूले उच्च प्रशंसा गरेका छन्। भने कार्यक्रममा नेपाली कांग्रेस राजापुरका क्षेत्रीय सचिव धनिराम गिरीले समाजसेवी थापालाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक सन्देश फैलिने बताउनुभयो।
मानवीय भावना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्ने केदार थापाको यो सहयोग कार्य प्रेरणादायी रहेको स्थानीयवासीहरूको भनाइ छ।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

राजापुरमा विपद् जोखिम न्यूनीकरणका पूर्वतयारी योजनाको अनुगमन सम्पन्न ।

बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

राजापुरमा गतिशिल लोकतान्त्रिक पार्टीको किसान केन्द्रित भेला

बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

बर्दियाको राजापुरमा असहाय टुहुरा बालबालिकालाई ३० हजार बराबरको सहयोग ।

नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको नाम सिफारिस, मन्त्री गोपाल दहित भने सूचीमा परेनन्

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.