Logo

सिकलसेल एनिमिया अस्पताल खोल्ने प्रतिबद्धता: मन्त्री मोदि

Online Halkhabar ४ असार २०८०, सोमबार २०:३६ मा प्रकाशित

केशव कोइराला, बर्दिया । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सिकलसेल एनिमिया अस्पताल खोल्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । बर्दियाको राजापुर नगरपालिकाले सोमवार आयोजना गरेको बिश्व सिकलसेल दिवसलाई सम्वोधन गर्दै यस्तो प्रतिवद्धता गर्नु भएको हो ।

मंत्री मोदिले थारु अधिकारकालागी लड्दै आएको बताउँदै अधिकांश थारुहरुमा मात्रै देखिने सिकलसेल निर्मुलपार्ने अभियानमा जुट्न सवैमा आग्रह गर्नुभयो । सिकलसेलका रोगीहरुबिच हुने बिवाह रोक्नका लागी स्थानिय पालीकाहरुले कानुन बनाउनुपर्ने धारणा राख्दै मंत्री मोदिले संघिय निजामति ऐन सुधार, शुशासन कायम र भ्रष्टाचार नियन्त्रण आफ्नो मुल मुद्दा भएको दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका भौतिक पूर्वाधार बिकास मंत्री धर्म वहादुर चौधरीले सिकलसेलको जाँच तथा उपचारकालागी प्रदेशले बजेट छुट्टाएको भन्दै सिकलसेल नियन्त्रणकालागी आफु सदैव सकारात्मक रहेको बताउनु भयो । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा सिकलसेल हेर्दै आउनु भएका भेरि अञ्चल अस्पतालका डा. राजन पाण्डे, सिभिल अस्पतालका डा. बिषेश पौडेल जिल्लाका पालिका प्रमुखहरु बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, सुरक्षा निकायका प्रमुख, राजनीतिकदलका प्रमुख प्रतिनीधी सहभागी थिए ।

दिवसका अवसरका ५ सय ८८ जना थारु समुदायका बालबालिकाको सिकलसेल परिक्षणका लागी रगत संकलन गरिएको छ । मंगलवार पनि रगत संकलन गरिने राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले जानकारी दिनुभयो । दिवसकै अवसर पारेर सिकलसेलका ६६ जना बिरामिहरुलाई हाइड्रोक्सी यूरिया औषधि निःशुल्क बितरण गरिएको छ । हाल बर्दियामा थारु समुदायको कुल जनसंख्या मध्ये १७ प्रतिशतमा सिकलसेल एनिमिया देखा परेको छ


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?