प्रहरीले परिवर्तित नाम राहुललाई नियन्त्रणमा लिएको हो । उनकै सहोदर छोरी परिवर्तित नाम सोनियाले दिएको जानकारीको आधारमा बुवा पक्राउ परेका छन् । शुक्रबार कोठाभित्र एक्लै सुतिरहेको मौका छोपी बुवाले जबरजस्ती करणी गर्न खोजेको छोरीको आरोप छ ।

उनकी छोरीका अनुसार बुवाले यस अघि पनि धेरै पटक दुव्र्यवहार र करणी गर्ने प्रयास गरेका थिए । आफ्नै बुवा भएको कारणले ईज्जतको डरले कसैको सामु मुख खोल्न नसकेको छोरीले बताएकी छन् ।

आफ्नै बुवाले गरेको दुव्र्यवहार समाजमा थाहा पाए लाज हुने डरले कसैलाई नबताएको छोरीले बताएकी छन् । छोरीले दिएको जानकारीको आधारमा बुवालाई नियन्त्रणमा लिई करणी अभियोगमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।