Logo

बर्दियाको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्ति नाथ यादवद्धारा धर्नामा बसेका महिलाहरूमाथि दुरव्यबहार

Online Halkhabar १० असार २०७८, बिहीबार ०६:४५ मा प्रकाशित

मिन अधिकारी
बर्दियाको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्ति नाथ यादवले धर्नामा बसेका महिलाहरूमाथि दुरव्यबहार गरेका छन । मंगलबार दिउसो बाटो पक्की गर्दिन र नाली बनाउन माग गर्दै नगरपालिका कार्यलयमा धर्ना बसेका वाडा नं ४ का ३ जना महिलाहरूलाई खुट्टामा किचेर धकेल्दै तिमिहरुको टोलमा कुनै बजेट हाल्दैन भन्दै ढोकाभित्र प्रवेश गरेको समाजसेबि अगुवा ज्ञानुमाया रिजालले बताउनुभयो ।

३ घण्टा सम्मा कुर्दापनि गुलरिया वाडा नं ४ तुलापुरका ५ वटा टोलका महिलाहरू र केही पुरूषहरूले मेयर यादवले आफ्ना मागहरूका बारेमा सम्बोधन गर्छन् भन्ने आशा र विश्वगरेकि थिए तर मेयरले कल्पनानै नगरेको ब्यबहारले खिन्न बनाएको धर्नामा गएकी रिजालले भन्नुभयो । उहाले भन्नुभयो गुलरियामा संघिय सहरीको अर्बौं बजेटको बाटो बन्यो बजारदेखि ३र४ कि।मि।टाढाटाढासम्म बाटो बन्यो तर तुलापुर १ किमि टाढा पनि छैन ४ बर्ष देखि त्यहाँ पिच भएको छैन अहिले हिलैहिलो हुन्छ हाम्रा माग जायज र शान्तिपूर्ण थियो खासमा त्यहाँ बिरोध र नाराजुलुसनै थिएन ।किन मेयर मुक्ती यादवले हामि महिला माथी यस्तो अमानबिय ब्यावाहर देखाउनु भएको हो हामिले नाली र बाटो बनाउन माग गर्नु के नाजायज हो अनि हामीले तिरेको करबाट सुविधा लिने नागरिकको काम गर्दैन भन्न नपाईने ज्ञानुमाया रिजालले बताउनुभएको छ ।

यस बिषयमा नगर प्रमुख मुक्ति नाथ यादवले हामी सित कुरो गर्दै अब र्निवाचन नजिकिदै छ आफुलाई असफल बनाउन राजनितिक सडेन्त्र गरिएको हो मैले सबै भन्दा बढि बजेट वाड नं।४मा बिनियोजन गरी बिकाशका काम गरिरहेको छु तेहाँका जनतालाई प्रयोग गरिएको हो हिजोको बिसयमा मैले कार्यलयमा बसेरकुरो गरौला भन्दा भन्दै गेटबाहिर जबाफ चाहिन्छ भनि होहलागरे पछी मैैले गेट खोलेर भित्र पशेको हु उनिहरुले नै आफु माथी हात हाल्न खोजदा धकेल पकेल भएको हो आफु जहिले पिन जनमतको कदर गर्दै सदैव जन् चाहना र सर्वोत्तम हित बमोजिम गुलरिया नगरवासीको दिगो विकास र समृद्धिमा लागि परेका भन्दै आफनो बाचाउ गर्नु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?