Logo

शिक्षा क्षेत्र मेरो पहिलो प्राथमिकता हो: प्रदेश साँसद तिमिल्सिना

Online Halkhabar ९ पुष २०७९, शनिबार ०६:२४ मा प्रकाशित

बर्दिया, पौष ८ गते
बर्दिया क्षेत्र नम्बर २ क बाट नवनिर्वाचित प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्र पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । मधुवन नगरपालिका वडा नं. ५ मा रहेको भृकुटी माध्यामिक विध्यालय चित्तले बर्दियाको ४७ औं वार्षिक उत्सव समारोह कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
साँसद तिमिल्सिनाले शिक्षा क्षेत्र भनेको उज्यालो ज्योति रहेको बताउनु भएको छ । जसले हाम्रो गाउँ समाज र देश परिवर्तन गर्न शिक्षा क्षेत्र अपरिहार्य रहेको बताउनु भएको छ । सधै पहिलो प्राथमिकतामा राख्नु आफ्नो दायित्व रहेको साँसद तिमिल्सिनाले बताउनु भएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टिकाराम खात्रीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका शिक्षकहरु सोनु झा, पदमबहादुर डागि, सरिता शर्मा थापालाई सम्मानित गरेको प्रधानाध्यापक श्रीराम पौडेलले जानकारी गराउनु भएको छ ।                   कार्यक्रममा झाकी तथा सास्कृतिक प्रस्तुतीहरु पनि देखाईएको थियो ।हाल यस बिद्यालयमा कक्षा शिशु देखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ। +२ तर्फ  कानुन बिषय  पढाइ हुने गरेको छ।।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?