राजापुरमा अन्तरलिङ्गी अधिकार तथा सवालमा सामुदायिक संवाद सम्पन्न

राजापुर, बर्दिया। राजापुर नगरपालिकाको आयोजनामा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकार, समावेशिता तथा उनीहरूका सवालका विषयमा सरोकारवाला निकायबीच एकदिने सामुदायिक संवाद कार्यक्रम सम्पन्न भएको छ।
राजापुर नगरपालिका प्रमुख दिपेश थारूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख मनकला चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरू, नगरपालिकाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविकाहरू, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा अन्तरलिङ्गी व्यक्तिहरूको मानवअधिकार, समान अवसर, सम्मानजनक व्यवहार, स्वास्थ्य तथा सार्वजनिक सेवामा पहुँचका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले अन्तरलिङ्गी समुदायप्रति हुने विभेद अन्त्य गर्दै समावेशी समाज निर्माणका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
नगर प्रमुख दिपेश थारूले सबै नागरिकको अधिकार संरक्षण र समावेशी विकासप्रति नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै अन्तरलिङ्गी समुदायका सवाललाई स्थानीय नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न आवश्यक पहल गरिने बताए।
संवाद कार्यक्रमले अन्तरलिङ्गी समुदायका अधिकारबारे जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

राजापुरमा अन्तरलिङ्गी अधिकार तथा सवालमा सामुदायिक संवाद सम्पन्न

राजापुरमा गुरुवा, वैद्य र सुडेनीलाई पोषणसम्बन्धी अन्तरक्रिया

राजापुरमा अन्तरलिङ्गी अधिकार तथा सवालमा सामुदायिक संवाद सम्पन्न

सुभकालिका गाउँपालिकाको वडा सीमाङ्कन पुनरावलोकन गर्न स्थानीयको माग

राजापुरमा अन्तरलिङ्गी अधिकार तथा सवालमा सामुदायिक संवाद सम्पन्न

राजापुरमा अन्तरलिङ्गी अधिकार तथा सवालमा सामुदायिक संवाद सम्पन्न

राजापुरमा अन्तरलिङ्गी अधिकार तथा सवालमा सामुदायिक संवाद सम्पन्न

राजापुरमा अन्तरलिङ्गी अधिकार तथा सवालमा सामुदायिक संवाद सम्पन्न

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

राजापुरमा अन्तरलिङ्गी अधिकार तथा सवालमा सामुदायिक संवाद सम्पन्न

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.