नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

बर्दिया — राजापुर नगरपालिका वडा नम्बर ६ का नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रामबहादुर बखरिया र नेता शनिस चौधरीले नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।
उहाँहरूलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति दीपजंग शाहले पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा कांग्रेसमा स्वागत गर्नुभएको हो।
लामो समयदेखि नागरिक उन्मुक्ति पार्टीमा सक्रिय रहँदै आउनुभएका रामबहादुर बखरिया वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवारसमेत रहनुभएको थियो। पार्टी प्रवेशपछि बोल्दै उहाँले नागरिक उन्मुक्ति पार्टीले आफ्नो मूल विचार, सिद्धान्त र मुद्दा परित्याग गर्दै पारिवारिक स्वार्थमा केन्द्रित भएपछि आफूहरू पार्टी छोड्न बाध्य भएको बताउनुभयो। उहाँका अनुसार रञ्जिता श्रेष्ठ र रेशमलाल चौधरीद्वारा पार्टीमा परिवारवाद हाबी भएपछि वैचारिक राजनीति गर्ने उद्देश्यसहित नेपाली कांग्रेसमा प्रवेश गरेको हो।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति दीपजंग शाह, नगर सभापति महेश चौधरी, उपसभापति कमल पाण्डेलगायत राजापुर क्षेत्रका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै लोकतन्त्र, समावेशी विकास र जनताको हकहितका लागि नेपाली कांग्रेसले निरन्तर संघर्ष गर्दै आएको बताउनुभयो।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

राजापुरमा गुरुवा, वैद्य र सुडेनीलाई पोषणसम्बन्धी अन्तरक्रिया

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

सुभकालिका गाउँपालिकाको वडा सीमाङ्कन पुनरावलोकन गर्न स्थानीयको माग

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

राजापुरमा अन्तरलिङ्गी अधिकार तथा सवालमा सामुदायिक संवाद सम्पन्न

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

बर्दियाबाट प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

नागरिक उन्मुक्ति पार्टी परित्याग गर्दै रामबहादुर बखरिया र शनिस चौधरी नेपाली कांग्रेसमा प्रवेश

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.