लालपुर्जा नयाँ बनाउने नाममा मुक्त कमैयाबाट लाखौं असुली

lalpurja

बर्दियाको गुलरिया नगरपालिका–९ का मुक्त कमैयाबाट लालपुर्जा नयाँ बनाइदिने भन्दै लाखौं रुपैयाँ असुल गरिएको स्थानीयले बताएका छन्। सरकारले २०६५ सालमा उपलब्ध गराएको जग्गाको लालपुर्जा नयाँ बनाउनुपर्ने भन्दै प्रतिव्यक्ति हजारौं रुपैयाँ उठाइएको उनीहरूको भनाइ छ। तर, नयाँ लालपुर्जा बनाएपछि पनि जग्गा बिक्री गर्न तथा बैंक र लघुवित्तमा धितो राख्न नमिलेपछि स्थानीयले आफूहरू भ्रममा पारिएको भन्दै रकम फिर्ता मागेका छन्।
बर्दियाको गुलरिया नगरपालिका–९ स्थित बारबिगाह गाउँ र प्रेमनगर टोलमा मुक्त कमैयाहरूको बसोबास छ। उनीहरूले २०६५ सालमा सरकारले उपलब्ध गराएको जग्गाको लालपुर्जा प्राप्त गरेका थिए। तर, आर्थिक वर्ष २०८०÷०८१ मा गाउँका अगुवा र लेखापढी व्यवसायीले पुरानो लालपुर्जा नयाँ बनाउनुपर्ने भन्दै रकम उठाएको स्थानीयको भनाइ छ। लालपुर्जा नयाँ बनाएपछि जग्गा बिक्री गर्न तथा बैंक र लघुवित्तमा धितो राख्न सकिने आश्वासन दिइएको उनीहरूले बताएका छन्।
बारविगाह गाउँकी जानकी चौधरीले आफूलाई पुरानो लालपुर्जा एक पुस्ताका लागि मात्र मान्य हुने र पुस्ता बितेपछि छोराको नाममा नामसारी नहुने तथा जग्गा पुनः सरकारको नाममा जाने बताइएपछि नयाँ लालपुर्जा बनाएको बताउनुभयो ।
लालपुर्जा बनाउनकै लागि कमाउन बाहिर गएका श्रीमानलाई समेत घर बोलाउनुपरेको र नौ हजार रुपैयाँभन्दा बढी नगद खर्च भएको चौधरीको भनाइ छ ।
स्थानीयका अनुसार बारबिगाह गाउँका २८ जना र प्रेमनगर टोलका १३ जना गरी ४१ जना मुक्त कमैयाले लालपुर्जा नयाँ बनाउने नाममा प्रतिव्यक्ति सात हजार पाँच सयदेखि नौ हजार रुपैयाँसम्म बुझाएका छन्।
तर, लालपुर्जा नयाँ बनाएपछि पनि जग्गा बिक्री गर्न तथा बैंक र लघुवित्तमा धितो राख्न नमिलेपछि आफूहरू ठगिएको उनीहरूको गुनासो छ।
बाइट–२ ः अंगकली थरुनी (स्थानीय)
सरकारले २०५७ सालमा कमैया प्रथा अन्त्य गर्दै मुक्त कमैयाको पुनःस्थापनाका लागि विभिन्न कार्यक्रम अघि बढाएको थियो। सोही क्रममा मुक्त कमैयालाई वर्गीकरण गरी जग्गा वितरण तथा घर निर्माणमा सहयोग गर्ने व्यवस्था गरिएको थियो। गुलरिया नगरपालिका–९ को उक्त क्षेत्रका मुक्त कमैयाका लालपुर्जामा सिट नम्बरसमेत उल्लेख रहेकाले त्यहाँका मुक्त कमैयाले अनिवार्य रूपमा नयाँ लालपुर्जा बनाइरहनुपर्ने अवस्था नरहेको नापी कार्यालय बर्दियाका प्रमुख नापी अधिकृत धर्मराज ओझाले बताउनु भयो ।
मुक्त कमैयाले प्राप्त गरेको जग्गा र त्यससम्बन्धी कानुनी व्यवस्थाबारे पर्याप्त जानकारी नहुँदा उनीहरू आर्थिक रूपमा ठगिने जोखिम देखिएको छ। गुलरिया नगरपालिका वडा न.८ आशापुरका लेखापढी गर्ने व्यक्ती मुकेश वैश्यलाई लालपुर्जा नयाँ बनाउने नाममा रकम बुझाएको स्थानीय अंगकली थरुनीले बताउनु भयो । आफुहरुलाई भ्रममा पारेर रकम असुली गरेको भन्दै स्थानीयले रकम फिर्ता माग गरेका छन् ।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.