बर्दियाको राजापुर नगरपालिका–८ मा गुरुवा, वैद्य र सुडेनीका लागि एकदिने पोषणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राजापुर नगरपालिकाका १० वटै वडामा रहेका गुरुवा, वैद्य र सुडेनीलाई पोषणसम्बन्धी ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले थारू महिला उत्थान केन्द्र, गुलरियाले कार्यक्रम आयोजना गरेको हो।
राजापुर नगरपालिका–८ का वडा अध्यक्ष राजेश थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारू महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मा सिंह थारु प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा केन्द्रका सल्लाहकार सुब्बाराय थारु, सचिव सुस्मा थारु, पोषण सहजकर्ता निशा चौधरी र सनिसा चौधरी, वडा कार्यालयका सचिव, कर्मचारी तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिलाल चौधरीले गर्नुभएको थियो। उहाँले कुपोषणको पहिचान, कुपोषित बालबालिकाको समयमै उपचार, पोषणयुक्त खानाको महत्व, गर्भावस्थादेखि पाँच वर्षसम्म आमा र बालबालिकाको उचित पोषण, तथा जन्मपछि पहिलो छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्ने विषयमा जानकारी दिनुभएको थियो।
कार्यक्रममा समुदायस्तरमा गुरुवा, वैद्य र सुडेनीको सक्रिय सहभागिताबाट कुपोषण न्यूनीकरणमा थप प्रभावकारी काम गर्न सकिने विश्वास व्यक्त गरिएको थियो।
थारू महिला उत्थान केन्द्रले राजापुर नगरपालिकाका १० वटै वडामा पोषण सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

याे खबर पढेर तपाइलाइ कस्ताे लाग्याे ?
0
0
0
0
0
0
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.