Logo

स्वर्गीय आमा दुर्गादेवीको सम्झनामा निलसागर वृद्धश्रम सानोश्रीलाई सहयोग

Online Halkhabar १५ पुष २०७८, बिहीबार ०८:३६ मा प्रकाशित

पौष १५  गते / विनोद चन्द
आफ्नो स्वर्गीय आमा दुर्गादेवी अधिकारीको सम्झना गर्दै बुधवार आमाको वार्षिक तिथि(श्राद्ध) को अवसरमा निलसागर वृद्धश्रम सानोश्रीलाई न्यानो सल र वलाङ्केट सहयोग भएको छ । गुलरिया नगरपालिका स्थायी घर भई हाल गुरासँ नमूना माध्यामिक विद्यालय सानोश्री ६ मा कार्यरत शिक्षक प्रकाश शर्मा अधिकारीका ३ दाजुभाईले स्वर्गीय आमाको सम्झना गर्दै सहयोग गर्नुभएको हो ।

सानोश्री ८ मा रहेको वृद्ध आश्रम निलसागरमा रहेका १८ जना आमाहरुलाई १८ थान न्यानो सल र १ छाक खाना ख्वाएर आमाको वार्षिक (श्राद्ध) सम्पन्न गर्नु भएको छ । त्यसै गुलरियामा रहेको वृद्ध आश्रम निलसागरमा रहेका वुवाहरुका लागी ५ थान वलाङकेट सहयोग गर्नु भएको छ ।अन्य फर्जुल खर्च गर्नु भन्दा वृद्ध आमा वुवाहरुलाई सहयोग गरे आफ्नी आमाको मोक्ष प्राप्ती हुने र आत्म सन्तुष्टी प्राप्त हुने भन्दै सहयोग गरेको प्रकाश शर्मा अधिकारीले वताउनु भयो ।


हाल जेठो छोरो गुराँस नमुना मावि सानोश्रीमा कार्यरत हुनुहुन्छ भने माईला छोरा विकाश अधिकारी जापानमा र कान्छा छोरा सुवाश अधिकारी नेपाल प्रहरीमा कार्यरत रहनुभएको छ ।
पछिल्लो समय आफ्नो फर्जुल खर्च कटौती गर्दै जन्मदिन तथा आफन्तको सम्झनामा सामाजिक तथा शैक्षिक क्षेत्रमा आर्थिक एवं जिन्सी सहयोग गर्ने प्रचलन बढ्दै गैरहेको पाइन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?