Logo

शिवरात्री पर्व वृद्धाहरुलाई फलफुल तथा बलाङकेट सहयोग गरी मनाए अधिकारी परिवारले

Online Halkhabar १७ फाल्गुन २०७८, मंगलवार २१:४६ मा प्रकाशित

फाल्गुन १७ गते/ विनोद चन्द
आज महाशिवरात्री पर्व सवै जना शिवमन्दिरमा गई पुजाआजा तथा प्रसाद ग्रहण गरी धुमधाम सगँ मनाइएको छ । तर गुलरिया नगरपालिका स्थायी घर भई हाल गुरासँ नमूना माध्यामिक विद्यालय सानोश्री ६ मा कार्यरत शिक्षक प्रकाश शर्मा अधिकारीका ३ दाजुभाईले भने शिवरात्रीको पावन अवसरमा स्वर्गीय आमा दुर्गादेवी अधिकारीको सम्झना गर्दै वृद्ध आमा वुवाहरुलाई फलफुल तथा बलाङकेट वितरण गरी उनिहरुको आर्शिवाद लिई मनाएका छन् ।

अधिकारी परिवारले एक कार्यक्रमको आयोजना गरी बर्दियाको मधुवन नगरपालिका वडा नं ५ का १ सय ४ वर्षीय वृद्ध बुवा नर बहादुर थापा लगाएत ११ जना वृद्ध आमा वुवाहरुहरुलाई फलफुल, मिठाई तथा बलाङकेट वितरण गरेका हुन् ।


फर्जुल खर्च गर्नु भन्दा वृद्ध आमा बुवाहरुलाई आफुले कमाएको केही रकम छुट्याएर सहयोग गरे आफ्नी स्वर्गीय आमाको मोक्ष प्राप्ती हुने र आत्म सन्तुष्टी प्राप्त हुने भएकाले सहयोग गर्दै आएको प्रकाश शर्मा अधिकारीले बताउनु भयो ।
यस अघि पनि अधिकारी परिवारले सानोश्री ८ मा रहेको वृद्ध आश्रम निलसागरमा रहेका १८ जना आमाहरुलाई १८ थान न्यानो सल र गुलरियामा रहेको वृद्ध आश्रम निलसागरमा रहेका वुवाहरुका लागी ५ थान वलाङकेट सहयोग गर्नु भएको थियो ।
हाल जेठो छोरो गुराँस नमुना मावि सानोश्रीमा कार्यरत हुनुहुन्छ भने माईला छोरा विकाश अधिकारी जापानमा र कान्छा छोरा सुवाश अधिकारी नेपाल प्रहरीमा कार्यरत रहनुभएको छ ।


पछिल्लो समय आफ्नो फर्जुल खर्च कटौती गर्दै जन्मदिन तथा आफन्तको सम्झनामा सामाजिक तथा शैक्षिक क्षेत्रमा आर्थिक एवं जिन्सी सहयोग गर्ने प्रचलन बढ्दै गैरहेको पाइन्छ । यस्ता सहयोगले समाजमा सकारात्मक प्रभाव वढ्दै गएको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?