Logo

शहिद दिवसको अवसरमा असाहाय विद्यार्थीहरुलाई झोला वितरण

Online Halkhabar १६ माघ २०७८, आईतवार १९:५५ मा प्रकाशित

माघ १६ गते / अनलाईन हालखवर
मधुवन ः बर्दियाको मधुवन नगरपालिका वडा नं १ मा रहेको श्री सरस्वति आधारभुत विद्यालय पथ्थरवोझीमा अध्यनरत असाहाय तथा आवासिय विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । शहिद दिवसको अवसर पारी गुराँस माध्यामिक विद्यालयका पुर्व विद्यार्थी एस.एलसी व्याच २०६१ कोे आर्थिक तथा न्यु ल्याण्ड एकेडेमी मधुवन नगरपालिका ८ को प्राविधिक सहयोगमा झोला वितरण गरिएको हो ।


२०६१ सालमा गुराँस माध्यामिक विद्यालय मधुवन ६ सानोश्री बर्दियावाट एस एलसी पास गरेका पुर्व विद्यार्थीहरुले आर्थिक संकलन गरी उठेको रकमबाट श्री सरस्वति आधारभुत विद्यालयमा अध्यनरत ४० जना असाहाय अनाथ तथा अभिभावक विहिन आवासिय बालवालिकालाई झोला वितरण गरिएको एस.एलसी व्याच २०६१ का टिम लिडर तथा न्यु ल्याण्ड एकेडेमीका फाउण्डर प्रिन्सिपल विनोद चन्दले वताउनु भयो ।

आफुहरु विद्यालयमा अध्यन गर्दा कापी किताब किन्न नसकेर कति साथीहरुले विद्यालय छोड्नु पर्ने बाध्यता थियोे , आज तिनै दिनको स्मरण गर्दै झन त्यसमा आफ्ना अभिभावक गुमाएर छुट्टिनु पर्दाको पिडा  बेग्लै हुने भएकाले यस विद्यालयमा अध्यनरत असाहाय र अनाथ विद्यार्थीको पढाइमा केही टेवा पुग्ने उद्धेश्यले आफुहरुले सहयोग गरेको बताउनु भयो ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले वि.स २०७५ साल देखी अति विपन्न जसका आमावुवा गुमाएका १० जना बाट सुरु गरेकोे अभियानमा अहिले ४० जना छात्र छात्राहरुलाई पुर्णरुपमा आवासिय सहित पढाउदै आएको वताउनु भयो । पुर्णरुपमा पठनपाठन गराउदै आएपनि यसको व्यवस्थापन गर्न संवेदनशिल र जटिल भएको खत्रीले वताउनु भयो । खत्रीले मधुवन सरकार , सहयोगी दाता, व्यापारीहरुले सहयोग गर्दै आएको र थप व्यवस्थापनका लागी विद्यालयमा कक्षा कोठा र सुविधा सम्पन्न शौचालयको आवश्यकता भएको र स्थानिय सरकारसगँ अनुरोध गरेकाले नगर प्रमुख गणेश बहादुर क्षेत्रीले त्यसको व्यवस्थान आफुले तत्काल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनु भयो ।

साथै नगरप्रमुख गणेश बहादुर क्षेत्रीले नगरभित्रका गरिब, विपन्न, अभिभावक गुमाएका , पैसाको अभावका कारण शिक्षा बाट कोहि पनि वञ्चित नहुन भन्ने उदेश्यका साथ यस विद्यालयलाई आवसिय रुपमा छात्रावासको समेत व्यवस्था गरी अगाडी वढ्ने योजनामा नगरपालिका अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा पूर्व विद्यार्थी लिलाराम सापकोटा, जिवन खत्री, द्रोण प्रकाश भण्डारी, खेमराज भाट, विद्यालयका शिक्षक शिक्षिका , विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।गुरासँ माध्यामिक विद्यालय एस एल सी व्याच २०६१ ले विभिन्न सामाजिक कार्यमा यस अघि पनि सहयोग र सहकार्य गर्दै आइरहेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?