Logo

व्यवहार परिवर्तनको नेतृत्व गर्दै विकासप्रेमी युवा समुह

Online Halkhabar ५ आश्विन २०७८, मंगलवार १८:२८ मा प्रकाशित

समाज एक गतिशिलता सँगै अगाडी बढिरहेको हुन्छ।राजनितिक व्यवस्था परिवर्तनसगै सरकार फेरिए,राजनितिक एजेण्डाहरु फेरिए,मन्त्रीहरु फेरिए,प्रधानमन्त्रीहरु फेरिए पनि आम नागरिकहरुको सोच र चिन्तन भने उही पुरानै हुदै गयो।समाज गतिशिल रुपले परिवर्तन हुदै गर्दा मानिसहरुको सोच चिन्तन भने पुरानै चिन्तनबाट मुक्त हुन सकेका छैनौ।विकाश प्रेमी युवा समुह समाजमा सकारात्मक चिन्तन बोक्ने युवाहरुको समुह हो यिनै सिर्जनशिल सोच,सकारात्मक चिन्तन र रचनात्मक ध्यानआकर्षण सोच सहित समाज परिवर्तनमा आम नागरिकहरुको सोच्ने क्षमता र असल सोचको विकाश गर्न स्थापित युवा मन्च हो।व्यवस्था परिवर्तनसगै आम मानिसहरुको जनजिवन रहनसहन र व्यवहारमा परिवर्तन हुन जरुरी छ।असल सकारात्मक चिन्तन सहितको समाज निर्माण गर्ने हाम्रा रचनात्मक कार्यहरुमा आम नागरिकहरुको सदभाव सहयोग र युवाहरुलाई समाजले हेर्ने दृष्टिकोणमा केही फरक भएतापनि समाजमा राजनितिक विचार आस्था र गुट उपगुट मा विभाजित हुदै गर्दा अझ विकाश प्रेमी युवाहरुको सोच समाजमा स्थापित गर्न आवश्यकता बढ्दै गईरहेको महसुस हुदै गएको छ।राजनितिक विचार आस्था एजेण्डा र नेताहरुमा समाजलाई रचनात्मक सकारात्मक सोच सहित सामाजिक विकाशमा आफुलाई स्थापित गर्न जरुरी छ। हरेक नागरिकहरुलाई राजनितिक नेताहरु प्रति अविश्वास र वितृष्णा पैदा हुदै जाने प्रवृत्तीले समाजका अभिभावहरुको विश्वास घुम्दै जानु देश र समाजका निम्ती सकारात्मक पक्ष नै भने पक्कै हुन सक्दैन।
समाज जसरी विकृती विसङगतीको जडमा फसिरहेको छ हाम्रो सोच र चिन्तनको दायरा निकै कम र साघुरो हुदै जानुले असल कार्यहरुमा बाधा पुर्याईन्छ,विकाश निर्माणमा अवरोघहरु पुर्याईन्छ,समाज परिवर्तनका निम्ती उठेका हातहरुमा अवरोध र बाधाहरु लगाईन्छन हरेक तहमा राजनितिकरणले आज समाज नकारात्मक सोच सहितको समाज बन्न पुगेको छ।हरेक तहमा भष्टचार कमिसन र मनपरीतन्त्रले आम नागरिकहरु निसासिएका छन।असल सोचको विकाश,सामाजिक उत्तरदायित्व सहितको समाज निर्माण गर्न हरेक तहमा युवाहरु राजनितिक आस्था विचार र दलभन्दा माथि उठन जरुरी छ।जसरी समाज नकारात्मक सोच सहित करुप बन्दै गएको छ त्यस्ता सामाजिक विकृत्तीका समस्याहरुलाई जडैदेखि निर्मुल पार्न सकारात्मक विचार सहितका युवाहरुले समाजमा सकारात्मक र सिर्जनशिल रुपमा समाजलाई जोडन अति आवश्यक हुदै गएको छ।दलभन्दा माथि आज समाजलाई लिन जरुरी छ जसरी समाज गतिशिल बन्दै गयो हाम्रा सोच विचार व्यवहारहरुमा सकारात्मक उर्जा सहितका विचारहरुलाई आम नागरिकहरु समक्ष पुर्याउन समाजका उर्जावान युवाहरुको ठुलो भुमिका रहन्छ।

विकाश प्रेमी युवा समुहले जसरी समाजमा रचनात्मक तवरले सामाजिक विकाशमा एकतहबाट सोच र व्यवहारमा परिवर्तनको नेतृत्व गर्दै आएको छ जसले गर्दा आज जन्मदिनमा गरिने फजुल खर्चहरु जेहेनदार विर्धार्थीका निम्ती आत्मविश्वास प्राप्त भएको छ,कोरोना बिरामीहरुले निशुल्क खाना खान पाउनु भएको छ,समाजका हरेक तहमा सामाजिक भावनाको विकाश हुदै गएको छ।भष्टचार कमिसन र लुटतन्त्र बिरुद सन्जाल र विभिन्न नेटवर्किट तहबाट युवाहरुका आवाजहरु बुलन्द हुदै आएका छन ,वृदआमाको पानी चुहिने घरका ईट्टाहरु फेरिएका छन।हरेक तहमा फजुल खर्च कतौटी गरेर जेहेनदाय असाय अशक्तहरुका निम्ती ठुलो परेपकारी विचार समाजमा स्थापित हुदै आएको छ । यसरी समाजमा रहेका सिर्जनशिल युवाहरुको सकारात्मक प्रयासले ढिलाचाडो समाजले सोच सहितको सकारात्मक क्रान्ती गर्ने छ।हरेक तहमा रहेका सरारात्मक सिर्जनशिल र युवा उधमी युवाहरुले समाज परिवर्तन र सोच परिवर्तन गर्दै समाजको नेतृत्व गर्न अति आवश्यक हुदै गएको छ ।
विकाश प्रेमी युवा समुह
मधुवन नगरकमिटी
अध्यक्ष


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?