Logo

वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हुँदा चार घाइते

Online Halkhabar १८ श्रावण २०७८, सोमबार १२:३६ मा प्रकाशित

काठमाडौँ: वीर अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हुँदा चार प्रदर्शनकारी घाइते भएका छन् ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध वीरका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका हुन् । आइतबार उनीहरुको प्रदर्शन दबाउन प्रहरीले लाठीचार्ज गरेको थियो ।

आन्दोलनका संयोजक दीपक मुडबरीका अनुसार उनीहरुले प्रदर्शनलाई निरन्तरता दिनेछन् । प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको लामो समयसम्म पनि कुनै ठोस काम गर्न नसकेको भन्दै स्वास्थ्यकर्मीहरु डा गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रहरीको दबाबका बावजुद स्वास्थ्यकर्मीहरुले फेरि प्रदर्शन गर्ने बताएका छन् । वीर अस्पतालमा प्रदर्शन भइरहँदा डा गौतम भने अस्पतालबाट बाहिरिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?