Logo

विपक्षी गठबन्धनलाई थप मजबुत बनाएर लैजाने कांग्रेसको निर्णय

Online Halkhabar ४ असार २०७८, शुक्रबार २३:३९ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधान पक्षधर अन्य शक्तिलाई पनि आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् ।

केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ ।

आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो ।

संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर, र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ । यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने संशोधित निर्वाचन कार्यतालिका अनुमोदन गरेको हो ।

बैठकले असार मसान्तभित्र क्रियाशिल सदस्यता टुङ्गो लगाउन क्रियाशिल सदस्यता छानविन समितिलाई निर्देशन दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?