Logo

विकास प्रेमि युवा समुह द्वारा विद्यालयलाई सहयोग

Online Halkhabar ८ श्रावण २०७९, आईतवार १८:३५ मा प्रकाशित

बर्दिया : बालबालिका भबिष्यका कर्णधार हुन् । भोलिको समाज कस्तो हुने भन्ने कुरा आजका बालबालिकाले कस्तो वातावरण तथा शिक्षा दिक्षा पाउँदैछ्न भन्ने कुरामा निर्भर गर्दछ । आजका कलिला बालबालिकाहरु भोलिका देशको भार बोक्ने स्तम्भ हुन, यी तीनै मुहारहरु हुन जसले भोलि देशको नेतृत्व गर्नेछन् । कुनैपनि बालबालिकाहरुको उचित लालनपालन र शिक्षा दिक्षाको प्रमुख जिम्मेवारि सम्बन्धित परिवारको हो । तर आफ्ना अभिभावक नै गुमाएका अनाथ बालबालिकाको उचित हेरचाह र स्याहार सुसारको जिम्मा कस्को हो त ?

पक्कै पनि तपाइ हाम्रो हो ,यो समाजको हो, यो राज्यको हो । यदि हामि सबै मिलेर समाजमा रहेका अनाथ, टुहुरा बालबालिकाहरुको हेरचाहमा केहि योगदान गर्न सक्यौँ, उनिहरुलाइ राम्रो संस्कार, शिक्षा र मायाँ दिन सक्यौं भने भोलि उनिहरुले पक्कै पनि हाम्रा लागि केहि राम्रो गर्नेछन् । यहि समाजको भलाइ हुनेछ ।

यस्तै सामाजिक भावना र मान्यताका साथ स्थापना कालदेखी नै समाजमा सरसफाई कार्यक्रम, रक्तदान शिविर, निःशुल्क स्वास्थ्य शिविर, दैबि प्रकोप उद्धार तथा राहत वितरण, जटिल स्वास्थ्य समस्या भएका बिरामिहरुलाइ आर्थिक सहयोग, असाह्यहरुको निम्ति घर निर्माण, लगायतका सामाजिक काम तथा जागरण अभियान सन्चालन गर्दै आई रहेको विकास प्रेमि युवा समुह बर्दियाले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा सरस्वती आधारभूत विद्यालयलाई ७ बोरा चामल, १० किलो दाल, १ पेटी तेल र ५ किलो आयोडिन युक्त नुन सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै विकास प्रेमि युवा समुह बर्दियाका संयोजक गोपाल निरौलाले देशका अभिभारा बोकेका बालबालिकाहरुको शैक्षिक ब्यवस्थापनमा अतुलनीय योगदान गर्नुहुने प्रधानाध्यापक घनराज खत्रीलाई धन्यवाद ब्यक्त गर्र्दै विद्यालयमा आवश्यक सहयोग गर्न समाजसेवी तथा सम्बन्धित सबैमा अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै मधुवन नगर समिति सदस्य यम भण्डारीले विद्यालयको अवस्था बारे मधुवन नगरपालिका प्रमुख समक्ष कुरा राख्ने र सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रधानाध्यापक घनराज खत्रीले विद्यालय भवन नहुँदा पठनपाठन र छात्रवासको लागि समस्या हुनेगरेको र पर्खाल नहुँदा सुरक्षाको दृष्टिकोणले समेत विद्यालय संचालनमा निकै समस्या हुने गरेको जानकारी दिनुभयो । प्रधानाध्यापक खत्रीले विद्यालयको भवन र पर्खाल निर्माणका निम्ति पहल गरिदिन पनि आग्रह गर्दै खाध्य सामाग्री सहयोगको लागी विकास प्रेमी युवा समुहलाई आभार प्रकट गर्नु भएको विकास प्रेमि युवा समुहका संयोजक निरौलाले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?