Logo

लागुपदार्थ ब्राउन सुगर सहित मधुवनका ३ जना पक्राउ

Online Halkhabar १७ श्रावण २०७९, मंगलवार १८:४० मा प्रकाशित

अनलाइन हालखबर
बर्दिया,साउन,१७।
बर्दिया प्रहरीले पछिल्लो समय धमाधम लागु औषध (ब्राउन सुगर)सहित मानिसहरु पक्राउ गरेको छ । प्रहरीले बढैयाताल गाँउपालिका वडानम्बर-८ नजिकै रहेको नेपाल— भारत सीमानाको दशगजा नजिकैबाट ३ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको संयुक्त गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । संकासपद अवस्थामा हिडिरहेको पाएपछि गस्ती टोलीले खानतालसी गर्ने क्रममा ५सय ५० मिलिग्राम लागु औषध जस्तो देखिने (ब्राउन सुगर)सहित पक्राउ गरेको बर्दिया प्रहरीले जानकारी गराएको छ । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका वडानम्बर-५का ललित बहादुर गुरुङ् सोहि ठाँउका समिर सार्की र मधुवन वडा न.  ६ का किरण  वंशीमगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीले वताएका छन् । उनीहरु बाट ३ थान मोबाईल र १ थान पल्सर मोटरसाईकल समेत बरामद गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका  ३ जनालाई थप अनुसंन्धानका लागि म्याद थप गरि बर्दिया अदालतमा पठाईएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?