Logo

राजापुरका व्यवसायी केसि दम्पती द्वारा बिरामिलाई ८०हजार सहयोग

Online Halkhabar १८ श्रावण २०७९, बुधबार २२:५६ मा प्रकाशित

मिन अधिकारी, राजापुर । आर्थिक अभावले जिवन र मृत्युको दोसाधमा अस्पतालको शैयामा छटपटाइ रहेकी मधुवन नगरपालिका ४ की राधिका चौधरीलाई आर्थिक सहयोग गरिएको छ । ढाड भाच्चिएर उपचार गर्न पैसा नभए पछि मृत्यु कुरेर बसेकी चौधरीलाई मधुवन नपा ७ निवासी राजापुरमा ब्यबसाय गरिरहेका ईम बहादुर के.सि (युवराज) र हिरा देवकोटा के.सी बाट आर्थिक सहयोग प्रदान गरिएको हो ।

ब्यवसायीले चौधरीको ढाडमा राखिने स्टिल रडको लागि आवस्यक रकम असी हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । थप सहयोग आवश्यक परे पनि आफुहरु सहयोग गर्न तयार रहेको वताउनु भयो । २०७४ सालको स्थानिय निर्वाचनमा आफ्नो दाजु गणेश बहादुर केसी (कृष्ण) मेयरको उम्मेद्वार भईसकेपछि दाजुलाई जिताउन घर बिदा माग्दा बिदा नपाएपछि १२ बर्ष लामो नेपाली सेनाको जागिर छाडेर आउनु भएको थियो ।

मधुवन नगरपालिकाका प्रथम नगर प्रमुख के.सीले व्यवसायबाट आर्जन भएको रकम जनहितमा खर्च गर्न दिएको बचन आत्मसाथ गर्दै व्यवसायबाट आर्जन भएको १०% रकम दुःखी, गरिव, अशक्त, असहाय, विपन्न बृद्ध बृद्धाहरूको हितका लागि खर्च गर्ने प्रण गरेर व्यवसाय शुरू गरेको वताउनु भयो । रकम कै अभावमा थला परी मृत्यु कुरिरहेको अवस्थामा सहयोग प्रदान गर्ने सहयोगी केसी दम्पती भगवान नै भएको पिडित घरपरिवारले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?