Logo

मौसममा सुधार, एक/दुई दिन लगातार पानी पर्ने सम्भावना कम

Online Halkhabar २० श्रावण २०७९, शुक्रबार ०७:५२ मा प्रकाशित

काठमाण्डाै – मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ ।

अबको एक/दुई दिन लगातारजसो पानी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । अबको एक/दुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्छ । यसले गर्दा पहिरो र आकस्मिक बाढीको जोखिम भने कायमै छ ।

मौसमविद् भट्टराईका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल झरेकाले झरीको सम्भावना कम भएको हो । तर, पनि केही ठाउँमा पानी पर्ने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ । अहिले गण्डकी, वाग्मती, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?