Logo

मान्छे मार्ने बाघ नियन्त्रणमा

Online Halkhabar २६ जेष्ठ २०७९, बिहीबार २१:३८ मा प्रकाशित

हरि गुरुङ, मधुवन । बर्दियाको मधुवन नगरपालिका वडा नम्वर १ सुर्यपटुवाको गणेशपुर सिसनिया सामुदायिक वन उपभोक्ता समुहमा डाट गरि पाटे बाघ नियन्त्रणमा लिईएको छ । निकुञ्ज तथा एनटीएनसी बर्दिया, बन कार्यालयको टोलीले बाघ लठ्याएर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको बाघ निकुञ्जमा लगिएको छ । खाता जैविक मार्गम यस भन्दा पहिले पनि एउटा बाघ समातिएको थियो । समस्याग्रस्त पोथी बाघ घाईते रहेको पाईएको डिभिजन बन कार्यालय बर्दियाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, डिभिजन बन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको सहकार्यमा बाघ नियन्त्रणमा लिईएको हो । एनटीएनसी बर्दियाले प्राविधिक सहयोग गरेको छ ।

खाता सामुदायिक बन क्षेत्रमा केही दिन अघि बाघले आक्रमण गरी एकजना महिलाको ज्यान गएको छ । सोमबार बाघको आक्रमणमा परी छोट्की सोनाहाकी ४१ कर्षिया अस्मिता थारु घाईते हुनुभएको छ । समस्याग्रस्त बाघको पहिचान गरी स्थानान्तरण गर्नुपर्ने स्थानियले मागराख्दै आएका थिए । सोही क्रममा सोमबार ओराली बजारमा प्रहरी र समुदायविचको झडपका क्रममा प्रहरीको गोली लागी १८ बर्षिया नविना थारुको मृत्यु भएको छ । स्थानिय प्रशासन र समुदायविच सम्झौता भएपछि अवरुद्ध सडक खोलिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?