Logo

मधुवन वडा नं ६ को वडा कार्यालयको भवन उद्धघाटन

Online Halkhabar २२ आश्विन २०७८, शुक्रबार ०७:१६ मा प्रकाशित

विनोद चन्द / असोज २१ गते
बर्दियाको मधुवन नगरपालिका वडा नं ६ को वडा कार्यालयको भवन उद्धघाटन गरिएको छ । घटस्थापनाको अवसर पारी नवनिर्मित भवनको उद्धघाटन माननिय सांसद पूर्व उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री विमला वि.कले गर्नुभएको हो । भवन उद्घाटन गर्दै पुर्व राज्य मन्त्रीले अहिलेको परिवर्तन कुनै एउटा राजनैतिक दलका कारणले मात्रै नभएको र प्रजातन्त्र चाहने शक्तीहरुको सयुक्त प्रयास वाट देशमा परिवर्तन आएको वताउनु भयो । वि.कले चुनाव जितेर जनताका विच नजाने नेता नेता हुन नसक्ने र नेतालाई मात्रै गाली गर्नुको सट्टा अव जनता विवेकशिल भएर मतदानको वेला मतदाता सुध्रिनु जरुरी रहेको वताउनु भयो ।


कार्यक्रम वोल्दै विशेष अतिथि एवम् लुम्विीनी प्रदेस सभा सदस्य कुल प्रसाद पोखरेलले जनता जनार्दन भएकाले समग्र मधुवनको विकासका लागी राजनैतिक पुर्वाग्रह नराखी सवै मिली काम गर्नु पर्ने वताउनु भयो । उहाले प्रदेश सरकारले स्थानिय सरकार सगँ सहकार्य गर्दै शिक्षा स्वास्थ्य, सडक निर्माणका कार्यहरुमा काम गरिरहेको र     त्यसको अनुगम स्थानिय जनता , स्थानिय राजनैतिक दलले चासोका साथ राख्नु पर्ने वताउनु भयो ।


वडा नं ७ का वडा अध्यक्ष राजेन्द्र हमालले जनप्रतिनिधि कुनै राजा नभई जनताको चौकिद्धार भएकाले चौकिदारको भुमिका के हुन्छ भन्ने कुराको हेक्का अहिलेका सवै जनप्रतिनिधिमा हुन जरुरी भएको वताउनु भयो ।


त्यस्तै , वडा नं ६ का वडा अध्यक्ष भक्त वहादुर सुनाले अव आफ्नै भवनवाट जनतालाई सेवा गर्न सहज हुने वताउनु भयो । उहाले वडाले शिक्षा, स्वास्थ्य, कृषि , सडक निर्माण र सिपमुलक कार्यक्रमलाई पहिलो प्राथामिकता राखेर काम गर्दै आएको वताउनु भयो । कार्यक्रममा वडाले पुर्व जनप्रतिनिधि, समाजसेवि, लामो समयसम्म सार्वजानिक सेवामा काम गर्दै आउनुभएका व्याक्तिहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान समेत गरेको छ । कार्यक्रममा राजनैतिक दल , वुद्धिजिवि, समाजसेवि लगाएतको उपस्थिती रहेको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?