Logo

मधुवन नगरपालिका: स्वास्थ्य सामाग्री खरिद कागजमा मात्र!

Online Halkhabar २२ श्रावण २०७९, आईतवार २१:३५ मा प्रकाशित

मधुवन नगरपालिकामा आर्थिक वर्षमा अन्तिममा खरिद गरिएको स्वास्थ्य सामाग्री (सेनिटाईजर र माक्स) कागजमा मात्र खरिद गरेको खुलेको छ। स्वास्थ्य सामाग्री वडामा हस्तान्तरण गरेका अधिकांश स्वास्थ्य सामाग्री पुराना (डेट स्पाईर) स्टक राखिएका पठाईएको तथ्य सार्वजनिक भएको छ।

वडा वडामा गएका स्वास्थ्य सामाग्री संकलन गरी मिति गुज्रिसकेकका स्वास्थ्य सामाग्री नगरपालिका गठन गरेको छानविन समितिले संकलन गरिरहेको छ।

वडामा वडामा पठाईएका स्वास्थ्य सामाग्री अघिल्लो कोरोना कहरका बेला बिभिन्न दातृ निकायले नगरपालिकालाई हस्तान्तरण गरिएको हुन सक्ने स्रोतको दाबी छ।

पुराना स्वास्थ्य सामाग्रीलाई खरिद गरिएको बिल बनाएर म्याद गुज्रिएका स्वास्थ्य सामाग्री वडा वडा पठाउँदा मिति गुज्रिएको स्वास्थ्य सामाग्री भेटिएपछि आर्थीक वर्षको अन्तमा खरिद गरिएको बिल बनाएर भुक्तानी गरेर मिलिमतोमा रकम बाडफाँड गरिएको कुरा बाहिर आएको हो।

म्याद गुज्रिएका स्वास्थ्य सामाग्री फेलापरेपछि के कति कारण म्याद गुज्रिएका स्वास्थ्य सामाग्री वडामा पठाईएको बारेमा गहिरो अनुसन्धान गर्न मधुवन नगरपालिकाले छानविन समिति गठन गरेको छ।

मधुवन नगरपालिका वडानं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा समिति गठन गरेर छानविन गरिरहेको तथ्य सार्वजनिक भएको हो। यस आर्थीक वर्षको अन्तमा बजेट फ्रिज जान लागेको बहानामा दश लाख बराबरको स्वास्थ्य सामाग्री खरिद मधुवन नगरपालिका गरेको स्रोत बताउँछ।‘बजेट फ्रिज जान लागेको भन्दै आर्थीक बर्षमा स्वास्थ्य सामाग्री खरिद गरिएको थियो,’स्रोतले भन्यो,‘तर, सामान खरिद नगरी स्टकमा रहेको स्वास्थ्य सामाग्री खरिद भएको हो कि भन्ने आंशका छ।’

वडामा पठाएका स्वास्थ्य सामाग्री(सेनिटाईजर र माक्स) म्याद गुज्रिएको भेटिएको छानविन समितिका अध्यक्ष गुरुङले बताए।‘ वडामा पठाईएका सामाग्री फिर्ता मागेका छौ’ उनले भने,‘म्याद गुज्रिएका सामाग्री भेटिएको छ, छानविन बाट पत्ता लाग्ला।’ कहाँ बाट खरिद गरेको र कति परिमाणमा सामाग्री वितरण गरिएको संबाददाताको जिज्ञाशामा छानविनको क्रममा रहेकाले नखुलेको उनले जानकारी दिए।

आर्थिक बर्षमा खरिद गरिएको बारेमा सोध्न खोज्दा मधुवन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओली बिदामा बसेका छन्। निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद खनाललाई फोन दिएर बिदामा बसेको कर्मचारी स्रोतले बताएको छ। स्टोर किपर, लेखा प्रमुख र प्रमुख प्रशासकिय अधिकृत ओलीको मिलिमतोमा खरिद गरेको देखाएर म्याद गुज्रिएका स्वास्थ्य सामाग्री वडामा पठाएको आरोप लागेको छ। आर्थीक मसान्तमा कति मूल्य बराबरकोका स्वास्थ्य सामाग्री खरिद गरिएको बारेमा बुझन पटक पटक फोन गर्दा कार्यालय प्रमुखको मोबाईल नउँठदा सम्र्पक हुन सकेन।
साभार ः नागरिक न्युज वाट )


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?