Logo

मधुवन उद्योग वाणिज्य संघको अध्यक्षमा दुर्गा बहादुर रिमाल बिजयी

Online Halkhabar ५ असार २०७९, आईतवार १७:४३ मा प्रकाशित

असार ५ गते : उद्योग वाणिज्य संघ कुशुम्बाबजार बर्दियाको अध्यक्षमा प्रगतिशील एबंम समाबेशी प्यानलका दुर्गा बहादुर रिमाल निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न निर्वाचनमा रिमालले घनश्याम अधिकारीलाई २५ मतले पराजित गर्नु भएको हो ।
मधुवन उधोग वाणिज्य संघको निर्वाचनमा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार रिमालले ३०८ मत प्राप्त गर्नु भएको थियो  । उहाका प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका घनश्याम अधिकारीले २८३ मत प्राप्त गर्नु भयो । वरिष्ठ उपाध्यक्ष नृप बहादुर सोडारीले ३४४ मत प्राप्त गरि विजयी  हुनुभएको छ भने उहाका प्रतिद्वन्दी टंक प्रसाद पौडेलले २४१ मत प्राप्त गर्नु भयो। उपाध्यक्ष (उद्योग) सुरेन्द्र बहादुर बानियाले २९६ मत प्राप्त गरि बिजयी प्राप्त  गर्नु भयो ।उहाका प्रतिद्वन्दी राजेन्द्र प्रसाद तिमिल्सेनाले २९० मत प्राप्त गर्नु भयो ।
उपाध्यक्ष (वाणिज्य) रवीन्द्र खड्काले २९९ मत प्राप्त गरि उदय बहादुर खड्कालाई  पराजित गर्नु भयो । खड्काले २८५ मत प्राप्त गर्नु भएको थियो। महासचिव पदमा झलक बहादुर के.सी. ले ३१३ मत प्राप्त गरी विजय हुनुभएको छ  भने उहाका प्रतिद्वन्दी ईन्द्र बहादुर के.सी. ले २६८ मत प्राप्त गर्नु भयो । सचीव पदका लागि मैयाँ कुमारी अधिकारी क्षेत्रीले ३०१ मत प्राप्त गरि विजय प्राप्त गर्नु भएको छ । उहाका प्रतिद्वन्दी अन्जु ढकालले २८१ मत प्राप्त गर्नु भयो। कोषाध्यक्षमा लक्ष्मी थारुले ३०३ मत प्राप्त गरि विजयी हुनुभएको छ । प्रतिद्वन्दी माया पुलामी सलामी मगरले २७३ मत प्राप्त गर्नु भएको थियो।

सह कोषाध्यक्षमा मन बहादुर तामाङ लामाले उहाका प्रतिद्वन्दी हिरालाल थारुलाई पछि पार्दै बिजयी हुनु भएको छ । लामाले २९३ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्वन्दी थारुले २८७ मत प्राप्त गर्नु भयो। महिला सदस्य विजय छवि के.सी. २९८ मत, सितला खत्री ३११, रत्ना वली २७५ मत प्राप्त गरी विजयी भए । खुल्ला सदस्य पुरुष तर्फ शिवशंकर वली ३३३ मत, होम बहादुर चौधरी २८५ मत र महङगु चौधरीले २८५  प्राप्त गरि विजयी  भए । मधुवन उद्योग वाणिज्य संघ कुसुम्मा बजार बर्दियामा ७१२ सदस्य रहेका छन भने निर्वाचनमा ६१२ मत खसेको थियो ।निर्बाचनमा लोकतान्त्रिक प्यानल बाट बरिस्ठ उपाध्यक्ष , महासचिव र सह कोषाध्यक्ष पदमा बिजयी भएका छ्न भने बाकी सबै समाबेसी प्यानलका उमेदवार बिजयी भएका हुन ।।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?