Logo

मधुवनमा सुचना प्रविधि प्रणालीमा आधारित ५ दिने ICT तालिम सुरु

Online Halkhabar ७ भाद्र २०७८, सोमबार १७:१३ मा प्रकाशित

भदौ ७ गते /अनलाइन हालखवर
बर्दियाको मधुवन नगरपालिका वडा नं ५ मा रहेको आनन्द आधारभुत विध्यालयमा सोमवार देखी सुचना प्रविधि प्रणालीमा आधारित ICT तालिम सुरु भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मधुवनको आयोजनामा सामुदायिक तथा सस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई ५ दिने आइसिटी तालिम दिन लागिएको हो । अवको युग भनेको प्रविधिको भएकाले शिक्षकहरुले आफूलाई प्रविधिमैत्री बनाउँदै डिजिटल शैक्षिक सामग्रीहरुको निर्माण गरी अध्यापन गराउन तथा आवश्यक पर्ने सूचना तथा सञ्चारका सिपहरु हासिल गर्न सक्ने गरी अत्यावश्यक सूचना प्रविधिको ज्ञान दिनका लागी तालिमको आयोजना गरिएको मधुवन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालले वताउनु भयो ।

तालिममा सस्थागत र सामुदायिक विध्यालयका ४० जनाको शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो । तालिमको सहजिकरण प्रविधि मैत्री समाज नेपाल बर्दियाका सचिव एवम् सुर्य आधारभुत विध्यालयका प्रधानाध्यापक प्रशुराम चौधरीले गरिरहनु भएको छ ।तालिम भदौ ११ गते सम्म सञ्चालन हुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?