Logo

बाढी प्रतिकार्य प्रभावकारी वनाउन बाढी कृतिम घटना अभ्यास सम्पन्न

Online Halkhabar ७ असार २०७८, सोमबार २१:२९ मा प्रकाशित

मिन अधिकारी राजापुर  असार ७ गते
जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा आज बाढीको कृतिम घटना अभ्यास राजापुर नगरपालिका वडा नं १को दौलतपुर स्थित कर्णाली नदीमा सम्पन्न भएको छ ।
वाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामाग्री र जनशक्तीको अद्यावधिक तथा पुनःर्ताजगीका लागि तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि कर्णाली नदिमा बाढी कृतिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो ।


नेपाली सेना, शसस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढीको कृतिम घटना अभ्यास सम्पन्न गरिएको छ भने घटना अभ्यासमा उद्धार गरि ल्याइएका घाइतेहरुलाई नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरि नजिकको एम्बुलेन्सद्धारा नजिकको अस्पतालमा पठाउने कार्य भएको छ । सोे वाढीको कृतिम घटना अभ्यासमा सबै सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।
विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बनाईएको जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७८ मनसुन पूर्वतयारी कार्ययोजना अनुसार सोको प्रभावकारीका लागि सो योजनाको परिक्षण समेत गर्नूपर्ने व्यवस्था भए बमोजिम कर्णाली नदिको दौलतपुरघाट नजिक कार्यक्रम आयोजना गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका संयोजक सन्त बहादुर सुनारले कृतिम घटना अभ्यासको ब्यानर पढेर उदघाटन गर्दै अभ्यासले बाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुगेको वताउनुभयो । “यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारीता हुने छ । मनसुन सकृय रहेको र वाढी आइ हालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ प्रजिअ सुनारले वताउनु भयो ।
बाढी कृतिम अभ्यास कार्यक्रममा नेपाली सेना र शसस्त्र प्रहरी बलसंग रहेको मोटरबोट, रवरबोट लगायतका खोज तथा उद्धार सामाग्रीहरुको प्रयोग गरिएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?