Logo

बाढी पीडित घर परिवारलाई नगत राहत बितरण

Online Halkhabar २६ आश्विन २०७९, बुधबार १७:१३ मा प्रकाशित

केशव कोइराला, बर्दिया । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले कर्णाली नदीबाट प्रभावित बाढी पीडित परिवारलाई राहत बितरण शुरु गरेको छ । कर्णाली नदीको तटिय क्षेत्रका पीडित घर परिवारलाई प्रती परिवार १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको हो ।                            जिल्लाका ४ पालिकाका ८ हजार २ सय ३१ बाढी पीडित घरपरिवारलाई राहत बितरण गरिने जिल्ला रेडक्रस सोसाइटी बर्दियाका अधिकृत हरि केसीले जानकारी दिनुभयो । राहत पाउने परिवार मध्ये राजापुर नगरपालिकाका ३ हजार ९ सय ७१, गेरुवा गाउपालिकाका २ हजार ८ सय ५९, मधुबन नगरपालिकाका ५ सय ८ र ठाकुरबाबा नगरपालिकाका ८ सय ८६ घरपरिवार रहेका छन् ।

बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा जिल्ला रेडक्रस सोसाइटी बर्दियाले राहत बितरण गर्न शुरु गरेको हो । राहत बितरण कार्यको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले मंगलबार उद्घाटन गर्नुभयो । बाढीबाट डुबान र पटानको चपेटामा परेका स्थानीयहरु भने राहत रकम पाएकोमा खुशी ब्यक्त गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?