Logo

बर्दियाको जब्दिघाटको पुल बाढिले बगायो

Online Halkhabar २२ आश्विन २०७९, शनिबार १०:४७ मा प्रकाशित

बर्दिया – मङ्गलवार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ ।

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्षअघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले यस पुलको बीच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।

केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बीच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिनुभयो । उज्यालो बाट साभार


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?