Logo

नवनिर्वचित प्रदेश सभा सदस्यहरुलाई सम्मान

Online Halkhabar ९ पुष २०७९, शनिबार ०६:४२ मा प्रकाशित

बर्दिया, पौष ८ गते
बर्दिया जिल्लाको मधुवन नगरपालिकाले नवनिर्वचित प्रदेश सभासदस्यहरुलाई सम्मान गरेको छ । लुम्बिनि प्रदेश सदस्यद्वय जन्मजय तिमिल्सिना र मालती सोडारीलाई मधुवन नगरपालिकाका नगरप्रमुख , उपप्रमुखले माला खादा लगाएर स्वागत गर्नु भएको हो ।
मधुवन नगरपालिकाद्वारा आयोजित स्वागत कार्यक्रममा लुम्बिनी प्रदेश सभासदस्यहरुलाई स्वागत ,शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाटले मधुवन नगरपालिकाको विकास प्रति अग्रसर हुन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा प्रदेश सदस्यद्वय जन्मजय तिमिल्सिना र मालती सोडारीले मधुवन तथा बर्दियाको विकासका लागि सदैव तयार रहेको बताउनु भएको छ । कार्यक्रम मधुवन नगरपालिकाको कार्यालयमा भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?