Logo

चर्चित कलाकार मनिष खड्काको थारु नेपाली मिक्स गीत मेरी जमुना बजारमा (भिडियो सहित)

Online Halkhabar २५ फाल्गुन २०७८, बुधबार ०७:१४ मा प्रकाशित

२५  फागुन गते

चर्चित कलाकार मनिष खड्काको मेरी जमुना बोलको गीत बजारमा आएको छ। विभिन्न गीत संगीत तथा टेलिश्रृखलाबाट श्रोता दर्शकको मन मस्तिष्कमा बस्न सफल चर्चित गायक तथा हाँस्यकलाकार खड्काको मेरी जमुना बोलको गीत सोमबार बजारमा आएको हो । मेरी जमुना बोलको गीतमा कलाकार मनिष खड्काको सुमधुर आवाज रहेको छ भने शब्द संगित भने कलाकार चक्र बमको रहेको छ ।

गेरुवाको प्रमुख पर्यटकीय क्षेत्र इन्टेक (ओखरीयामा) क्षेत्रमा छायाँङ्कन गरिएको गीतमा रुविना अधिकारी, मनिष खड्का, निश्चल चौधरी लगायतले मोडलको भूमिका खेलेका छन । त्यस्तै रक कौशलले क्यामेरा, मेगराज बस्नेतले मेकअप, राजेश कुमाराले इडिट, खडक बजुरालीले मिक्सिङ, प्रकाश कडेलले स्किृपट र टिकाराम विकले कोडियोग्राफरमा भूमिका खेलेका छन । माताश्री स्टुडियोले तयार पारेको गीत कलाकार मनिष खड्काको आधिकारी युटुव च्यानल मनिष खड्काको युटुव च्यानल मार्फत गीत बजारमा आएको हो ।

डोकनिक चटनी, वस्टे वस्टे हो, छैली गालम का लगैठो जस्ता करिब ३० वटा गीतहरुमा आवाज दिइसक्नुभएका कलाकारखड्का थुप्रै दर्शक श्रोताहरुको मन मस्तिष्कमा बस्न सफल हुनुुभएको छ । कलाकार खड्काले गीत गाउने मात्र नभएर करिब ५० वटा गीतहरुमा मोडलको भूमिका निर्वाह गरिसक्नुभएको छ भने विभिन्न कमेडी श्रृखंलामा समेत देखिनुभएको छ । चर्चित कलाकार खड्र्काले अन्य गीत जस्तै यो गीतले पनि श्रोता दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मेरी जमुना बोलको गीत हेर्न तल क्लिक गर्नुहोला…

https://www.youtube.com/watch?v=J-ciDxFfQiQ


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?