Logo

गोदावरीमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठक सम्पन्न

Online Halkhabar २१ आश्विन २०७८, बिहीबार ०६:१९ मा प्रकाशित

रंगप्रसाद तिमिल्सैना /
कैलाली जिल्लाको गोदावरी नगरपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठक सोमबार सम्पन्न भएको छ ।
जीआईजेडको सहयोगमा प्रयास नेपाल कैलालीद्वारा संचालनमा आउनब लागेको विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाको सहयोगमा गोदावरी नगरपालिकाको वडा नम्बर १ को सभाहलमा बैठक सम्पन्न भएको हो ।
गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतको सभापतित्वमा भएको कार्यक्रममा दातृ निकाय जीआईजेडका प्राविधिक सल्लाहकार समी पाण्डे, प्रयास नेपाल कैलालीका कार्यकारी निर्देशक लोकराज जोशी, गोदावरी नगरपालिकाका शिक्षा अधिकृत एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराज अवस्थी, समन्वय समितिका सदस्य सचिव वसन्त कुमार खत्री लगायत समितिका सदस्यहरु, कार्यक्रम संचालन भएका विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी लगायतकाको कार्यक्रममा उपस्थिति रहको थियो ।
जीआईजेडको को आर्थिक सहयोगमा प्रयास नेपाल कैलाली अन्तर्गत संचालनको क्रममा रहेको विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता परियोजना कैलालीका २ वटा स्थानीय तह धनगढी उपमहानगर पालिका र गोदावरी नगरपालिकाका विद्यालयमा संचालनमा छ । विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्द्धन गरी गुणस्तरिय शिक्षा प्रदान गर्ने यस परियोजनाको मुख्य लक्ष्य रहेको प्रयास नेपाल कैलालीका कार्यकारी निर्देशक लोकराज जोशीले बताउनुभयो ।
कार्यक्रममा प्रयास नेपाल का विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमका कार्यक्रम संयोजक राम वानियाले कार्यक्रमको परिचय, कृयाकलाप तथा उपलव्धी सहितको परियोजना अनुशिक्षण तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रयास नेपाल कैलालीको सहयोग तथा गोदावरी नगरस्तरिय समन्वय समितिको आयोजनामा गरिएको उक्त वैठकमा परियोजना मार्फत गरिएका र गरिने क्रियाकलापको जानकारी समेत गराईएको थियो ।
त्यसैगरी कार्यक्रममा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि तथा कोभिड १९ को विद्यमान परिस्थितिमा विद्यालय संचालन मा अपनाउनु पर्ने सतर्कता का विषयमा समेत छलफल गरिएको थियो ।
दातृ निकाय जीआईजेडका तर्फ वाट समी पाण्डे ले जीआईजेडको सहयोगमा विद्यालयमा तयार भएका शौचालयका अवस्था वारे जानकारी गराउदै परियोजनाको अवको लक्ष्य बारे जानकारी गराउनु भएको थियो ।
यसैगरी छलफलमा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले सरसफाइमा विद्यालयले बालबालिकालाई सिकाएर मात्र नपुग्ने र समग्र संयन्त्र हरुले सोच्नु पर्ने वताउनु भएको थियो । कतिपय कृयाकलाप विद्यार्थीलाइ प्रर्दशन गरी देखाउनु पर्ने र यस वाट अझ वढी सिक्ने तर्क प्रधानाध्यापकहरुले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले कोभिडको तेश्रो चरण बालबालिकाका लागी खतरा हुन सक्ने सम्भावना भएकोले पढाइलाई निरन्तरता संगै अनिवार्य न्युनतम स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताउनुभयो । महिनावरी स्वच्छता व्यवस्थापन, हातको अधिकतम सफाइ तथा विद्यालय हाता प्रवेश अगावै ज्वरो परिक्षण गर्न सके कोभिड संक्रमणदर न्युन भइ पढाइ लगायत अन्य गतिविधि निरन्तर गर्न सकिने वहाँले बताउनु भयो ।
कार्यक्रमका सभापति तथा नगर उप प्रमुख रत्ना कडायत ले खुल्ला दिशामुक्त अभियान को अनुभव सुनाउदै सवै तह र तप्का वाट स्वास्थ्य र सरसफाइमा ध्यान दिनु पर्ने र यसको लागी आफनो पुर्ण साथ रहने वताउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?