Logo

गुराँस नमुना माविको अध्यक्षमा खत्री निर्विरोध निवार्चित

Online Halkhabar ३ चैत्र २०७९, शुक्रबार १०:३८ मा प्रकाशित

विनोद चन्द / चैत ३ गते
बर्दियाको मधुवन नगरपालिका ६ मा रहेको गुरासँ नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लाल बहादुर खत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।
विहिवार वसेको अभिभावक भेलाले खत्रीलाई अध्यक्षमा सर्वससम्मत चयन गरेको हो ।
तयस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा कमला पौडेल, लोक वहादुर वली, भवानी डागीँ , सितल थापा, राम कुमारी शर्मा तिमिल्सेना निर्विरोध चयन भएका छन । त्यस्तै शिक्षक अभिभावक  संघको अध्यक्षमा लोक बहादुर बि.क निर्विरोध निवार्चित हुनुभएको छ। सदस्यहरुमा हरी सापकोटा, अमृता खत्री, विष्णा वली, कविता पुलामी,लिला कुमारी वली, खग्रेन्द्र सार्की र गिता शर्मा चयन भएका छन् ।


नवनिर्वाचित दुवै अध्यक्ष सहित सदस्यहरूलाई पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेवालाल गौतम र मधुवन शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाले बधाई तथा शुभकामना दिनुभएको थियो ।
नवनिवार्चित समितिमा पत्रकार जगतमा लामोसमय सम्म कलम चलाउदै आउनु भएका पत्रकार शितल थापा पनि समितिमा निर्वाचित भए पछि अभिभावकहरुले खुसी व्यक्त गर्दै विद्यालयले राम्रो टिम पाएको र विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुने कुरामा आफुहरु आशावादी भएको एक अभिभावक निता सापकोटाले वताउनु भयो ।
त्यस्तै नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्रीले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक, अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउँदै विद्यालयलाई सबै हिसाबले नमुना बनाउन सामूहिक रूपमा छलफल गरेर अघि बढ्ने बताउनु भयो । हाल यस विद्यालयमा साधारण तर्फ अंग्रेजी माध्याम र नेपाली माध्याममा कक्षा १२ सम्म र प्राविधिक धार तर्फ कृषर््िा ३ वर्षे र भेटेनरी ३ वर्षे पढाई हुदै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?