Logo

कैलालीमा जारी अन्तर जिल्ला राजी फुटवल प्रतियोगितामा वर्दियाको विजयी सुरुवात

Online Halkhabar १४ कार्तिक २०७८, आईतवार १५:०५ मा प्रकाशित

कात्तिक १४ गते  / अनलाईन हालखवर
कैलालीको भजनी नगरपालिका वडा नं ९ भुरुवामा अन्तर जिल्ला राजी फुटवल प्रतियोगिता सुरु भएको छ । शनिवार भएको उद्धघाटन खेलमा राजी विकास समाज वदिया विजयी भएको छ । आयोजक टिम जन स्मरण राजी युवा क्लब कैलाली भुरुवा वि लाई २–१ गोल अन्तरले हराउदै राजी विकास समाज वदिया विजयी भएको हो । वर्दियाको जितमा कप्तान देव राजी र राजु राजीले एक एक गोल गरे ।
प्रतियोगितामा ३ जिल्ला वाके, वर्दिया र कैलाली का १३ वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रथम द्धितिय र तृतिय हुने टिमले क्रमस ५० हजार, २५ हजार र १५ हजार नगत र प्रमाणपत्र पाउने आयोजकले वताएको छ । प्रतियोगिता कात्तिक १७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?