Logo

एक दिवसीय क्रिकेटमा पाकिस्तानका कप्तान बाबर आजमको कीर्तिमान

Online Halkhabar ३० असार २०७८, बुधबार १२:०७ मा प्रकाशित

काठमाण्डाै – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एक दिवसीय क्रिकेटमा कीर्तिमान बनाएका छन् । इङ्ग्ल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीयमा बाबरले आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमान बनाएका हुन् । बाबरले इङ्ग्ल्यान्डसँगको खेलमा १ सय ५८ रनको शतकीय पारी खेले ।

एक दिवसीयमा बाबरको यो १४ औं शतक हो । बाबरले ८१ औं पारिमा १४ औं शतक पूरा गरे । बाबर एक दिवसीयमा सर्वाधिक छिटो १४ औं शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् । त्यस्तै इङ्ग्ल्यान्ड सँगकाे एक दिवसीय खेलमा शतक बनाउने बाबर पाकिस्तानका दोस्रो कप्तान हुन् । यसअघि इमरान खानले शतक बनाएका थिए ।

आजमले दक्षिण अफ्रिकाका पूर्व खेलाडी हाशिम अमला, भारतीय कप्तान विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको रेकर्डलाई समेत पछि पारेका छन् । बाबरले रेकर्ड कायम गरेको खेलमा पाकिस्तानले एक दिवसीय श्रृङ्खला भने ३–० ले गुमाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?