Logo

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने, सार्वजनिक यातायात चलाउन दिने तयारी

Online Halkhabar १३ असार २०७८, आईतवार २२:२६ मा प्रकाशित

काठमाडौं, असार १३ । काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने गरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागु हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताउनुभएको हो ।

आइतबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेकाले सोमबार फेरि बैठक बस्ने भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरु परामर्शमै रहेको उहाँले बताउनुभयो ।

उपत्यकामा संक्रमण दर घटेको भएपनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक÷डेढ हप्ता खोल्ननहुने सुझावहरु आएको उहाँले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?