Logo

इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली बन्यो युरो कप विजेता

Online Halkhabar २८ असार २०७८, सोमबार ०४:०१ मा प्रकाशित

काठमाण्डौ – इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कपको विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली विजेता बनेको हो ।

यसअघि निर्धारित ९० मिनेटमा एक-एक गोलको बराबरी भएपछि खेल थप समयमा गएको हो । खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए ।

इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटली सन् १९६८ को युरो कपको च्याम्पियन बनेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?