Logo

सर्बोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई मधुवन वडा नं ६ द्धारा ल्यापटप तथा साइकल हस्तान्तरण

Online Halkhabar २१ असार २०७८, सोमबार १६:०६ मा प्रकाशित

बिनोद चन्द
बर्दिया  : असार २१ गते
बर्दियाको मधुवन नगरपालीका ६ नं वडा कार्यालयले २०७६ सालको SEE  र नगर स्तरिय कक्षा आठ ८ मा सर्बोत्कृष्ट हुने छात्र छात्रालाइ ल्यापटप तथा साइकल बितरण गरेको छ । वडाअध्यक्ष बिध्यार्थी प्रोत्साहन कार्यक्रम अन्तर्गत SEE र कक्षा आठ ८ मा सर्बोत्कृष्ट अङ्क ल्याउने एक/ एक जना छात्र छात्रालाइ ल्यापटप तथा साइकल बितरण गरीएको हो ।


सोमवार एक कार्यक्रमका बिच वडा नं ६ मा रहेको श्री गुराँस नमुना माध्यमिक बिध्यालय वाट कक्षा ८ मा सर्बोत्कृष्ट अङ्क ल्याउने छात्र निश्चल थापा र आकृति कुवर लाइ साइकल बितरण गरीएको छ ।


उनीहरुले २०७६ सालमा कक्षा ८ मा क्रमश ३.८३ जि.पी.ए र ३.७३ जिपीए अंक प्राप्त गरेका थिए । यस्तै २०७६ सालको SEE मा  सर्बोत्कृष्ट अंक प्राप्त गर्ने छात्र माधव प्रसाद तिमिल्सेना र छात्रा दिपिका खत्री ल्यापटप तथा प्रमाण पत्रले सम्मान गरेको छ ।
उनीहरुले २०७६ सालको एसइईमा क्रमश ३.८५ जिपीए र ३.८५ जिपीए अंक प्राप्त गरेका थिए । बिध्याथीहरुको हौसला र मनोबल बढाउनका लागी यो प्रोत्साहन कार्यक्रम सञ्चालन गरीएको वडा नम्बर ६ का वडाध्ययक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

 

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?