Logo

यातायात ब्यवस्था सेवा कार्यालय आफ्नो पालिकामा नै हुनुपर्नेमा मधुवन नगरपालिकाकाे अडान

Online Halkhabar २३ श्रावण २०८०, मंगलवार ०८:२१ मा प्रकाशित

बर्दिया,
लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले बर्दिया जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन ल्याउने भएको छ ।यातायात व्यवस्था मन्त्रालयले एक टोलीले बर्दिया जिल्लाको सम्भाब्य स्थान र पालिकासंग सेवा कार्यालयको लागि चाहिने भौतिक पुर्बधारहरुको लागि परामर्श थालेको हो ।
बर्दियाको मधुवन नगरपालिकाले यातायातको कार्यालय आफ्नो पालिकामा नै हुनुपर्ने अडान राख्दै आएको छ । लुम्बिनी प्रदेशले सबै जिल्लाहरुमा यातायात कार्यालय स्थापना गर्ने कार्यक्रम ल्याएपछि बर्दियाको मधुवन नगरपालिकामा हुनु पर्ने माग सहित नीतिगत निर्णय प्रदेश कार्यालयमा पठाएको छ । बर्दिया जिल्लाको ८ वटा पालिका मध्य सबैको सेन्टरमा पर्ने पालिका मधुवन रहेको र कार्यालय संचालनका लागि सरकारी भवन तथा जग्गाहरु प्रयाप्त मात्रामा रहेकोले उपयुक्त रहेको मधुवन नगरबासीहरुको भनाई रहेको छ ।
मधुवन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिलिप गुरुङ्गले सबै भन्दा धेरै पालिकासंग जोडिएकोले यातायात कार्यालय राख्न उपयुक्त रहेको बताउनु भएको छ । सुनसुकै पालिकाबाट आएपनि केन्द्र बिन्दुको रुपमा मधुवन नगरपालिका रहेको वडा अध्यक्ष गुरुङ्गको दाबी रहेको छ । भौतिक संरचना देखि आवश्यक पर्ने जग्गा मधुवनमा प्रप्याप्त रहेको बताउनु भएको छ ।

वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र हमालले देश संघीयतामा गएर पनि जिल्लाको सदमुकाममा नै जिल्ला स्तरका कार्यालय रहनु पर्छ भन्ने मान्यतालाई हटाउनु पर्ने बताउनु भएको छ । मधुवनमा अहिले जिल्ला स्तरको कार्यालय नरहेकोले अहिले यातायात कार्यालय मधुवनमा नै ल्याउनु पर्ने बताउनु भएको छ । यो कार्यालय गुलरियामा नभएर मधुवनमा भयो भने संघीयताको पनि राम्रो बुझाई हुने वडा अध्यक्ष हमालको भनाई रहेको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष नारायण मल्लले जनताको सहजताको लागि यातायात कार्यालय मधुवनमा उपयुक्त रहेको बताउनु भएको छ ।

वडा नम्बर ९ का वडा अध्यक्ष हर्कबहादुर बस्नेतले मधुवन नगरपालिकामा जिल्ला स्तरको कार्यालयको आवश्यकता रहेको बताउनु भएको छ । कार्यपालिकाले पनि कार्यपालिकाले पनि यहि राख्नु भनेर निर्णय गरेको बताउनु भएको छ ।

वडा नम्बर  ६का वडा अध्यक्ष चन्द्रसिंह गुरुङ्गले दुरीको हिसावले बर्दियाको बिच सेन्टरमा पर्ने र आवश्यक संरचना रहेको बताउनु भएको छ ।

प्रदेश सरकारले लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा सेवा कार्यालय सञ्चालन ल्याउने नीति रहेको जसका लागि जनशक्ति र पुर्वाधारमा प्रदेश सरकारले लगानी गर्ने तर जग्गाको व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काग्रेस मुख्य सचेतक जन्मजय तिमिल्सिनाले बताउनु भएको छ ।

स्थापित हुने सेवा कार्यालयबाट बिलबुक नविकरण, सवारी साधनको कर लिने, प्रमिट बितरण गर्ने, सवारी जाँचपास र पटके सेवा गरि पाँच किसिमका अधिकार दिइने छ ।
बर्दियामा यातायात कार्यालय नरहेकोले बर्दियाबासीहरुले बाँकेको नेपालगंज सेवा लिन जानु पर्ने बाध्यता रहेको छ । विगत समयदेखि नै बर्दियामा यातायात कार्यालय आउने भनिएपनि अझै सम्म आउन सकेको छैन । बर्दियामा यातायात कार्यालय भयो भने बर्दियाबासीहरुले ठूलो राहत हुने अपेक्षा गर्नु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?