Logo

मधुवन नगरपालिकाका सेवा निवृत भएका शिक्षक सम्मानित

Online Halkhabar २९ भाद्र २०७८, मंगलवार २२:२१ मा प्रकाशित

भदौ २९ गते / विनोद चन्द
बर्दियाको मधुवन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले लामोसमय शिक्षण पेसा गरी सेवा निवृत भएका शिक्षकलाई सम्मान गरेको छ ।
५७ औ राष्ट्रिय वालदिवसको अवसरमा शिक्षकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा ११ जना सेवा निवृत्त शिक्षकलाई सम्मान गरिएको मधुवन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालले वताउनु भयो ।
सम्मानित हुनेमा गोकुल पोखरेल, टंक न्यौपाने , महादेव गुरुङ, जग वहादुर भुसाल, टिकानिधि वाग्ले, सर्जु प्रसाद चौधरी, डिल्लीराम लामिछाने, गमप्रसाद थापा, र कृष्ण प्रसाद रिजाल , रामकृष्ण पोख्रेल र सुरेन्द्र झा रहेका छन् ।


प्रमुख अतिथि एव्म मधुवन नगरउप्रमुख (उपमेयर ) शुवरानी थारुले लामोसमय शिक्षण पेसा गरी सेवा निवृत भएका शिक्षकलाई सम्मान गर्दै वाकी जिवन समाजसेवामा सर्मपितहोस भन्दै शुभकामना व्यक्त गर्नु भयो ।
सेवा निवृत्त शिक्षकलाई नगर उपप्रमुख शुवरानी थारु र प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले सम्मान प्रत्र  र दाेसल्लाह अाेढाएर   सम्मान गर्नुभएको थियो । कार्यक्रममा नगरपालिका वडा नं ५ का वडाध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक ,शिक्षक संघ संगठनका अध्यक्ष , समाजसेवि , वुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?