Logo

मधुवनमा जनता आवास कार्यक्रम अन्तरगत ३१ घर निर्माण हुने

Online Halkhabar २२ फाल्गुन २०७९, सोमबार २१:१३ मा प्रकाशित

बर्दिया, फागुन २२ गते

जनता आवास कार्यक्रम अन्तरगत बर्दियाको मधुवन नगरपालिकाका ३१ घर निर्माणका लागि लाभग्राही छनौट भएकाहरुको सम्झौता कार्यक्रम सम्पन्न भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३, ६ र ९ का ३१ वटा घर निर्माणका लागि सम्भौता गरिएको हो ।

जनता आवास कार्यक्रम अन्तरगत मधुवन नगरपालिकाको वडा नम्बर ३, ६ र ९ मा क्रमशः १०, ११ र १० गरि ३१ वटा घर निर्माण गरिने मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले बताउनु भएको छ ।
सहरी विकास तथा भवन कार्यालय, बाँकेको नेपालगन्जमा पुगेर सम्झौता गर्नु पर्ने भुक्तानीका लागि नेपालगन्ज धाईरहनु पर्ने बाध्यतालाई अन्त्य गरेको लुम्बिनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सिनाले बताउनु भएको छ । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक समेत रहनु भएका तिमिल्सिनाले जनता आवास कार्यक्रम अन्तरगत पालिकामै सम्झौता गर्ने पहल गरिएपछि मात्र सम्भव भएको बताउनु भएको छ । उहाँले अहिले मधुवान नगरपालिकाको ३ वटा वडामा मात्र भएपनि पछिल्लो समयमा आवश्यक पर्ने सबै समुदायलाई समेट्ने प्रयास गर्ने बताउनु भएको छ । उहाँले सम्झौता भएका लाभग्राहीलाई पहिलो किस्ता आउने बित्तिकै सुचारु गर्न आग्रह गर्नु भएको छ ।

शहरी विकास तथा भवन कार्यालय बाँकेका कर्मचारीसहितको टोली आएर मधुवन नगरपालिकामा जनता आवास कार्यक्रममा छनौट भएका लाभग्राहीसंग सम्झौता भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तरगत खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रम संचालनमा रहेको छ । सरकारले दलित समुदायमा पनि पिछडिएको समुदायलाई प्राथमिकतामा राखेर जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारले छुट्टै जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ समेत जारी गरेको छ । ती समुदायमा पनि आवास बिहीन जनतालाई प्राथमिकतामा राखेर आवास निर्माणका लागि लाभग्राही छनौट गरिएको नगरपालिकाले जनाएको छ ।

आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामाग्री पनि उपलब्ध गराएर सहभागीता जनाउनु पर्ने व्यवस्था छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?