
असार १२ गते
मधुवन : लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्र्तराष्टिय दिवस आज वर्दियाको मधुवनमा पनि मनाईएको छ ।लागु औषध रहित परिवार स्वस्थ जिवनको आधार भन्ने मुल नाराका साथ कार्यक्रम मनाइएको हो । संघर्ष उपकार सुधार गृह मधुवन ६ र नव ज्योती पुर्नस्थापन केन्द्र मधुवन ८ ले सयुक्त कार्यक्रमको आयोजना गरी ३४ औ अन्र्तराष्टिय लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवश मनाएको हो । नसा नै घरको दशा , नसालाई त्यागौ र नसारहित जीवन यापन गरौ भन्ने जस्ता विभिन्न प्ले कार्ड र व्यानर सहित जनचेतना फैलाउदै नगरपालिका वाट निस्केको र्याली कुसुम्वावजार परिक्रम गरी कोण सभामा परिणत भएको थियो ।
सभालाई सम्वोधन गर्दै मधुवनलाई लागुऔषध रहित वनाउने प्रयासमा आफु र आफ्नो सस्था लागेकाले स्थानिय सरकार , सवै राजनैतिक दल , युवा , वुद्धिजिविहरुको साथ पाए युवाहरुलाई नसा रहित वनाउने अभियान सफल हुने संघष र उपकार सुधार गृह मधुवन ६ का संस्थापक शम्भु सुवेदिले वताउनु भयो । त्यस्तै लागु औषध विरुद्धको अभियान निर्मुल पार्न मधुवन नगरपालिकाले पनि आर्थिक वर्षको निति तथा कार्यक्रममा कार्यक्रम नै वनाएर अगाडि वढेकाले खुसि व्यक्त गर्दै सवैको साथ र सहयोग भए नसा रहित समाज निर्माण गर्न सकिने विश्वास लिएको नव ज्योती पुर्नस्थापन केन्द्र मधुवन ८ का सस्थापक सुवास थापाले वताउनु भयो ।
त्यस्तै युवाहरुको यो अभियानमा नेपाल प्रहरीको साथ सधै रहने र आफुहरुलाई लागु औषध ओसारपसार नियन्त्रण गर्न सहयोग पुग्ने सानोश्री इलाका प्रहरी कार्यालय का इन्र्चाज प्रदिप कार्कीले वताउनु भयो ।
हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।