Logo

“बारबर्दिया गौरव” नामक स्थानीय पाठ्यक्रम सार्वजनिक

Online Halkhabar २ श्रावण २०७८, शनिबार १२:०० मा प्रकाशित

२०७८ साउन १ गते
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले आधारभूत तहका लागि “बारर्दिया गौरव” नामक स्थानीय विषयको पाठ्यक्रम सार्वजनिक गरि लागु गरेको छ । आधारभूत तहका विद्यार्थीहरुलाई बारबर्दियाको विविध पक्षमा जानकार गराउने उदेश्यले बारबर्दिया गौरव नाम पाठ्यक्रम सार्वजनिक गरेको हो ।


आर्थिक बर्षको शुरुवात संगै साउन १ गते नै स्थानीय पाठ्यक्रम सार्वजनिक गर्दै आजै देखि नै लागु भएको घोषणा बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु कबिरले जानकारी गराउनु भएको छ । बारबर्दिया गौरवको पाठ्क्रममा विशेष गरेर बारबर्दियको बारेमा जानकारी, हाम्रो संस्कार संस्कृति, बारबर्दियाका स्थानीय पेश व्यावसायी, पर्यटन व आर्थिक कृयाकलाप, स्वास्थ्य र खेलकुद, विपद् व्यवस्थापन, बातावरण, हरित विद्यालय, जिवन उपयोगी सीप, मानव मुल्यमा आधारित शिक्षा, स्थानीय व्यक्तित्व र सामाजिक सस्थाका बारेमा बिषयबस्तुहरु समावेश गरिएको छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा नगर प्रमुख कबिरले यस पाठ्क्रमबाट नयाँ आउने पुस्ताले आप्mनो रीतिरिवाज, चालचलन, संस्कार सस्कृतिक बारेमा अध्ययन गर्दै भविष्यमा गाँउ ठाँउको विकास गर्न सहयोग पुग्नेमा विश्वाश ब्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा पाठ्यक्रम एकदमै महत्वपुर्ण रहेकोले छिट्टै कार्यान्वयनमा ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो । 
बारबदिया ६ का वडाअध्यक्ष कर्णबहादुर विकको सभापतित्वमा भएको कार्यक्रममा पाठ्यक्रम निर्माण कार्यदलका सदस्य नरेश चौधरी, पोमराज शर्मा ललित सापकोटाले पाठ्यक्रमको कार्यान्वयनको सन्र्दभ सामग्री, पाठ्यपुस्तक तथा बिषय शिक्षकहरुलाई तालिमको समेत आवश्यकता रहेको बताउनु भएको छ । शिक्षा युवा तथा खेलकुद विकास साखाका प्रमुख टिकानाथ गोसाई कार्यक्रम संन्चालन गर्नु भएको थियो भने स्वागत मन्तब्य नगर प्रबक्ता दुर्गाबहादुर बिश्वकर्मा अबिरलले गर्नु भएको थियो । कार्यक्रमका जनप्रतिनिधि, शिक्षक तथा शिक्षाप्रेमी बुद्धिजीविहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले बारबर्दिया गौरव पाठ्यक्रम एकदमै राम्रो भएको र यसलाई कार्यान्वयन गर्न भने चुनौती रहेको बताउनु भएको थियो । कार्यान्वयनका लागि सबै पक्षले आफ्नो क्षेत्रमा मेहनत गर्नु पर्ने कुरामा कार्यक्रममा छलफलमा सहभागीहरुको जोड रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?