Logo

बर्दियाको मधुवनमा बाल विवाह अन्त्यका लागि स्थानिय रणनीति योजना २०७७– बिमोचन

Online Halkhabar १२ आश्विन २०७८, मंगलवार ०६:०६ मा प्रकाशित

१२ असोज, २०७८
बर्दिया / बर्दियाको मधुवन नगरपालिकाले बाल विवाह न्यूनीकरणका लागि पञ्चवर्षिय रणनीतिक योजना निर्माण गरेको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल र सोनाहा विकास समाज बर्दियाको प्राविधिक सहयोगमा नगरपालिकाले उक्त रणनीतिक योजना निर्माण गरेको हो ।
“बाल विवाह अन्त्यमा लागि स्थानीय रणनीति २०७७“ नाम दिइएको रणनीतिक योजना सोमवार आयोजित एक कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्री (कृष्ण )ले बिमोचन गर्नुभएको छ । मधुवन नगरपालिकामा समस्याको रुपमा बढदै गएको बाल विवाहलाई न्यूनीकरण गर्नका लागि २०७७ देखि २०८१ सम्मको ५ वर्षिय उक्त रणनीति योजनाले बाल विवाह रोकथामका लागि महत्वपूर्ण भुमिका खेल्ने नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताउनुभएको छ । रणनीतिक योजनालाई कार्यन्वयनका लागि मधुवन सरकारले कुनै कसुर बाकी नराख्ने र यो रणनिति समग्र वालविवाह अन्त्यका लागी कोशेढुङ्गा सावित हुने नगर प्रमुख क्षेत्रीले बताउनुभयो ।


मधुवन नगरपालिकाका नगर प्रमुख गणेशबहादुर क्षेत्रीको सभापतित्वमा भएको रणनीतिक योजना बिमोचन कार्यक्रममा , उपप्रमुख सुभरानी थारु, सोनाहा विकास समाज बर्दियाका अध्यक्ष बलबहादुर सोनाहा, गुड नेवर्स इन्टरनेशनल नेपाल बर्दिया जिल्ला संयोजक तेजप्रसाद शर्मा, मधुवन नगरपालिका जनप्रतिनिधि, सोनाहा बिकास समाज सामुदायिक विकास परियोजना प्रमुख रत्न केसी , रणनीतिक योजना निर्माण सहजकर्ता रंगप्रसाद तिमिल्सैना, मधुवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनिराम आचार्य , महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा लगायतकाको सहभागिता रहेको थियो ।


त्यसैगरी सोमवार नै नगरपालिकामा नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समितिका पदाधिकारीहरुका लागि बाल अधिकार, बाल संरक्षण र बाल विवाह न्यूनीकरण सम्बन्धि १ दिने सचेतता मुलक अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा समिति पदाधिकारी , वडा अध्यक्ष , शाखा प्रमुख लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रंगप्रसाद तिमिल्सैनाले गर्नुभएको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?